सुर्खेत- कर्णाली प्रदेशसभा बैठकमा प्रदेश सरकारका पदाधिकारी र सदस्यहरुको सेवासुविधा तथा पारिश्रमिक सम्बन्धी विधेयक पेस गरिएको छ।
_x000D_
_x000D_
बुधबार पेस गरिएको विधेयकमा मुख्यमन्त्रीको मासिक पारिश्रमिक ६० हजार ९ सय ७० रुपैयाँ प्रस्ताव गरिएको छ। मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार रुपैयाँ तोकिएको छ।
_x000D_
_x000D_
मुख्यमन्त्रीले मासिक सात हजार, मन्त्रीले पाँच हजार, राज्यमन्त्री र सहायक मन्त्रीले मासिक तीनतीन हजार रुपैयाँ सञ्चारबापत खर्च पाउने प्रस्ताव गरिएको छ। यस्तै, अतिथि सत्कारमा मुख्यमन्त्रीले मासिक रुपमा १५ हजार, मन्त्री र राज्यमन्त्रीले १०/१० हजार तथा सहायकमन्त्रीले आठ हजार रुपैयाँ विधेयकमा प्रस्ताव छ। तीन वर्षमा एक पटक पाउने गरी लुगाभत्ताको पनि व्यवस्था छ। जसअनुसार मुख्यमन्त्रीले १५ हजार, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले १२/१२ हजार रुपैयाँ लुगा भत्ता पाउनेछन्।
_x000D_
_x000D_
कर्णाली प्रदेशसभाका सभामुखको पारिश्रमिक मासिक ५३ हजार प्रस्ताव गरिएको छ। विपक्षी दलका नेता र उपसभामुखका लागि ५० हजार, दलका प्रमुख सचेतक र सचेतकका लागि ४८ हजार र प्रदेशसभा सदस्यहरुका लागि ४५ हजार रुपैयाँ मासिक पारिश्रमिक प्रस्ताव गरिएको छ।
_x000D_
_x000D_
सभामुखदेखि प्रदेशसभा सदस्यहरुसम्मलाई बैठक भक्ता, सञ्चार सुविधा, आवास सुविधा, फर्निचर, दैनिक भ्रमण भत्ता र यात्रा विमा निर्धारण गरिएको छ।
_x000D_
_x000D_
विधेयक अनुसार सभामुख, विपक्षी दलको नेता र उपसभामुखले आवास सुविधा पाउनेछन्।
_x000D_
_x000D_
सेवा सुविधासम्बन्धी विधेयकमाथि संशोधनका लागि ७२ घन्टा समय उपलब्ध गराइएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।