काठमाडौं– ललितपुर महानगरपालिकाले पुल्चोकस्थित इञ्जिनियरिङ अध्ययन संस्थानस्थित संयुक्त राष्ट्रसंघीय भवन कम्पाउण्ड र जावालाखेलमा पर्यवरणीय/हरियाली ( इकोपार्क ) निर्माण गर्ने भएको छ।
_x000D_
_x000D_
यसका लागि महानगरले इञ्जिनियरिङ अध्ययन संस्थानको अति सुन्दर एवम् आकर्षक राणाकालीन मूल भवन तथा राष्ट्रसंघीय भवन वरिपरिका कमाउण्डको पर्खाल भत्काउने जनाएको छ। 'ती दुई निकायका सहमतिमा नै त्यहाँका भौतिक संरचनामा कुनै असर नपुर्याई अहिले रहेका हरियालीलाई यथावत राखेर थप चिटिक्क र आकर्षण इकोपार्क बनाउने तयारी महानगपालिकाले गर्दैछ।' महानगरप्रमुख चिरिबाबु महर्जनले भने।
_x000D_
_x000D_
महानगरपालिका तथा प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रद्वारा संयुक्त रूपमा इको सिटीसम्बन्धी बुधबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महानगपालिकाले नयाँ जमिन किनेर पार्क बनाउन कठिन हुने भएकाले अहिले हरियाली रहेकै जमीनलाई थप उपयोग गरी पार्कका रूपमा विकास गर्नेे नीति रहेको बताए।
_x000D_
_x000D_
महानगरपालिकाभित्र हाल चार प्रतिशत पनि सार्वजानिक जमिन नरहेको चर्चा गर्दै महानगरप्रमुख महर्जनले भने, 'जमीन जति व्यक्तिका नाममा गइसके। कहाँबाट जमिन ल्याएर इको सिटी बनाउँ म? भएकालाई नै थप उपयोग गर्नुको अर्काे विकल्प छैन।'
_x000D_
_x000D_
उनले अबको सडक संरचना साइकलमैत्री हुने र यसका लागि ५० लाख विनियोजनसमेत गरिएको जानकारी दिए। कार्यक्रमका सहभागी उपत्यकाभित्रका १८ वटै नगरपालिकाका प्रतिनिधिले पनि आ–आफ्नो नगरपालिकालाई हरियाली शहर (इको सिटी) बनाउने अठोट गरेका थिए।
_x000D_
_x000D_
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले उपत्यकाको वातावरण संरक्षण र हरियाली शहर बनाउनका लागि अन्तरनगपालिका फोरम बसिसकेको उल्लेख गर्दै अब सहकार्यका माध्यमबाट काम हुने जानकारी दिए।
_x000D_
_x000D_
नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले काठमाडाैं उपत्यकाभित्र ६ वटा विश्व सम्पदास्थल रहेको र उपत्यकाभित्र वातावरण संरक्षण गर्न नगरपालिकाबीच समन्वयात्मक काम हुनुपर्नेमा जोड दिए। केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मी र अध्यक्ष प्रा डा शरद वन्तले उपत्यकाभित्र वातावरण प्रदूषण बढ्दा नसर्ने रोग बढिरहेको चर्चा गर्दै अब शहरलाई हरियाली बनाउन आवश्यक छ भने। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।