बाँके– राजापुर ईलाका प्रहरी कायलयको टोलीले कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
राजापुर नगरपालिका–१ हिमालीपुर बस्ने २३ वर्षीय डोरबहादुर घर्तीलाई जिल्ला अदालतले चोरी मुद्दामा दोषी ठहर गर्दै १ महिना १५ दिन कैद र ९५ हजार ४ सय जरिवाना तोकेको थियो।
_x000D_
_x000D_
धरौटी बुझाए पनि कैद सजाय भुक्तान नगरी फरार उनलाई प्रहरीले राजापुर नगरपालिका–१ हिमालीपुर सोनपुरबाट सुराकीको सहयोगमा पक्राउ गरी अदालतमा बुझाएको उक्त कार्यालयका प्रहरी नायब निरीक्षक जयप्रकाश भट्टले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।