पोखरा- चीनको यिपिन सहरका उपमेयर चाङग फिङले पोखराबाट हुने पहिलो अन्तराष्ट्रिय उडान आफ्नो सहरमा होस् भन्ने चाहना आफूहरुको भएको बताएका छन्। पोखराका मेयर मानबहादुर जिसीसँग बुधबार भएको भेटवार्तामा उनले बन्दै गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे चासो देखाउँदै यस्तो बताएका हुन्।
_x000D_
_x000D_
‘अन्तर्राष्ट्रिय विमानस्थल चाँडै पूरा होस्। यिपिन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान होस्,’ उपमेयर फिङगले भने, ‘हवाइमार्गबाट जोडिएपछि सम्बन्ध झन् नजिक ठहरिनेछ।’ हवाइमार्ग विस्तार भए उद्योग, पर्यटन, कृषिलगायत हरेक क्षेत्रमा प्रत्यक्ष सम्बन्ध राख्न सकिने उनले बताए।
_x000D_
_x000D_
गत असोजमा यिपिन र पोखराबीच भगिनी सम्बन्ध स्थापित भएपछि यिपिनका उपमेयरसहित ७ सदस्यीय टोली बुधबार पोखरा आएको हो। महानगरको विकास गर्नकृषिमा जोड दिन समेत उनले मेयर समक्ष आग्रह गरे। उनले भने, ‘पोखरा साँच्चिकै सुन्दर छ। कृषि र पर्यटनको विकासमा लाग्नुस्।’ पोखरामा खिचेको फोटो यिपिङमा पठाउँदा सबै दंग परेको समेत उनले सुनाए।
_x000D_
_x000D_
मेयर मानबहादुर जिसीले विमानस्थल निर्माण भइसकेपछि ४ घण्टामै यिपिङ पुगिने बताए। ‘यिपिन सहरबाट वार्षिक ५ प्रतिशतमात्रै पर्यटक पोखरा आउन सके भने हाम्रो पर्यटन विकासमा उल्लेख्य परिवर्तन आउने छ,’ उनले भने।
_x000D_
_x000D_
यिपिङ पोखराको कृषि विकासमा लगानी गर्न चाहे महानगर लगानीको वातावरण निर्माण गर्न इच्छुक रहेको प्रतिक्रिया दिएको बताए। चीनबाट आएका भ्रमण टोलीका ७ सदस्यलाई नेपाली ढाका टोपी लगाएर स्वागत गरिएको थियो पोखराको फोटो उपहार प्रदान गरिउको थियो।
_x000D_
_x000D_
भेटवार्तमा यिपिङका भ्रमण प्रतिनिधिले पोखराका मेयर मानबहादुर जिसीलाई यिपिन भ्रमणको निमन्त्रणा समेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।