डडेल्धुरा– डडेल्धुरामा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने अन्य ८ जना घाइते भएका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएकी गन्यापधुरा गाउँपालिका २ की ४३ वर्षीया कुमारी देउवाको उपक्षेत्रीय अपस्तलमा उपचारका क्रममा मुत्यु भएको छ।
_x000D_
_x000D_
जिल्लाको अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिकाको सीमा रडुवामा बुधबार जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
_x000D_
_x000D_
घाईते हुनेहरुमा गन्यापधुरा गाउँपालीका २ का ४७ वर्षीय कर्ण देउवा, ४० वर्षीया सरु देवि देउवा, ३३ वर्षीय लोकेन्द्र देउवा, १४ वर्षीय विमला देउवा, ३० वर्षीय योगेन्द्र देउवा, ६ वर्षीय सुवास देउवा, ३५ वर्षीय देव बहादुर देउवा, ११ वर्षीय मनीसा देउवारहेका छन्।
_x000D_
_x000D_
गम्भीर घाईते भएका ६ वर्षीय सुवास देउवालाई धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले बताए।
_x000D_
_x000D_
डडेल्धुरा सदरमुकामबाट गन्यापधुरा गाउँपालिकाका लागि छुटेको म १ ज ३११ नम्बरको नम्बरको नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ। घाइतेको उपक्षेत्रीय अपस्तालमा उपचार भइरहेको नायव उपरीक्षक केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।