काठमाडौं- काठमाडौं उपत्यकामा दिउँसो पनि टिपर चलाउन पाइने भएको छ। यसअघि रातको समयमा मात्र चलाउन पाइने टिपर कात्तिक मसान्तसम्म दिउँसो पनि चलाउन पाइने भएको हो।
_x000D_
_x000D_
काठमाडौं ट्राफिकले जारी गरेको सूचनाअनुसार कात्तिक १३ गतेबाट लागू हुने गरी कात्तिकभर दिउँसो ११ बजेदेखि ३ बजेसम्म टिपर चलाउन पाइनेद्छ। ३५ कि.मि. प्रतिघण्टाको दरले टिपर चलाउन दिने निर्णय भएको बताइएको छ।
_x000D_
_x000D_
यसका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन माग गर्ने र निवेदनका अाधारमा टिपर संचालन गर्न अनुमति दिने निर्णय गरिएको सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।