बझाङ– बझाङमा भिरबाट लडेर एक भरियाको मृत्यु भएको छ। जिल्लाको तल्कोट गाउँपालिका वडा नं. ३ रुपातोलाका ३२ वर्षीय पुरन खत्रीको तरलकोट गाउँपालिका वडा नंं. ४ सुनपानीमा लडेर ज्यान गएको छ।
_x000D_
_x000D_
गत कात्तिक ३ साइपाल हिमाल आरोहोण गर्न आएका पर्यटक टोलीको सामान बोकेर खत्री हिमालतर्फ गएका थिए।
_x000D_
_x000D_
उक्त सामानलाई हिमालको बेस क्याम्पमा पुर्याएर घर फर्कने क्रममा खत्री गत राति १० बजे सुनपानीको भिरबाट लडेका थिए। करिब दुई सय मिटर तल खसेका खत्रीको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तल्कोटले जनाएको छ।
_x000D_
_x000D_
घटना पश्चात आफन्तले खबर गरेपछि ईलाका प्रहरी चौकी तल्कोटबाट प्रहरीको टोली त्यहाँ पुगेको थियो। अहिले शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ।
_x000D_
_x000D_
मृतक खत्रीका दुई छोराछोरी र एक श्रीमती छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।