धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडी केदारटोलमा भुस्याहा कुकुरको टोकाइबाट चार जना घाइते भएका छन्।
_x000D_
_x000D_
स्थानीयका अनुसार केदार टोलमा मंगलबार र बुधबार गरी चार जना कुकुरको टोकाइमा परेका हुन्। वडा नम्बर ३ का कार्यवाहक वडाध्यक्ष ओम चन्दका अनुसार चारमध्ये दुई जनाको धनगढीमा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको छ।
_x000D_
_x000D_
एक जनालाई भारतको लखनउ लगिएकोे छ भने अर्का एककोे अवस्था सामान्य रहेको छ। भुस्याहा कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी ११ वर्षीया हिमान्सु वडू र २८ वर्षीय लोकेन्द्र भण्डारीलाई उपचारका लागि काडमाडौं पठाइएको छ।
_x000D_
_x000D_
घाइते दुवै जनाको गालाको चोक्टा निस्किएको छ। कुकुरको टाेकाइबाट घाइते भएकी ४४ वर्षीया राजेश्वरी खनालको अवस्था सामान्य रहेको छ।
_x000D_
_x000D_
एकै टोलमा चारवटा भुस्याहा कुकुरले सर्वसाधारणलाई टोकेर आतंक मच्चाएपछि तीन कुकुरलाई मासुमा विष राखेर मारिएको छ भने एक कुकुर अझै फेला पर्न नसकेको कार्यवाहक वडाध्यक्ष चन्दले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।