विराटनगर– पूर्वपश्चिम राजमार्ग स्थित मोरङको सुन्दर–हरैँचा नगरपालिका–१२ मा ट्रिफरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ।
_x000D_
_x000D_
पश्चिमतर्फ जाँदै गरेको को १ ख ६१८४ नम्बरको टिफरले को २६ प ३१२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक उदयपुर रतुवामाई गाउँपालिका २ की ३२ वर्षीया गीता कटुवाल गम्भीर घाइते भएकी थिइन्।
_x000D_
_x000D_
उनको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
टिफर चालक सुनसरीको बराहा नगरपालिका ६ का २३ वर्षीय कातिक राजबंशीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।