• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २१, २०८२ Fri, Nov 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मन्त्री अधिकारीले भनेजस्तै सम्भव छैन अगष्टदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन (विवरणसहित)

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १४, २०७५  ११:५६
1140x725

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ को अगष्टदेखि सञ्चालनामा आउने दाबी गरे। मन्त्री अधिकारीले मंगलबार विमानस्थलको रनवे पिच गर्ने काम उद्घाटन गर्दै विमानस्थल अगष्टदेखि सञ्चालनमा आउने बताएका थिए।

_x000D_ _x000D_

मन्त्री अधिकारीले विमानस्थलको निरीक्षणकै क्रममा पिच भइरहेको फोटो ट्विट गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्। मन्त्री अधिकारीले उनको टिवटरमा लेखेका छन्, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको रनवे पिच गर्ने काम आजबाट सुरु भएको छ। अबको ६ महिना भित्र रनवेको पिच सम्पन्न हुनेछ। र सन् २०१९ अगष्टसम्ममा विमानस्थल निर्माणको कार्य सम्पन्न भई सञ्चालनमा आउने छ।’
_x000D_  
_x000D_ मन्त्री अधिकारीले जुन अभिव्यक्ति दिएइका छन्, त्यो अन्तर्राष्ट्रिय नागरिक संगठन (आइकाआ)को मापदण्ड पूरा गरी विमानस्थल सञ्चालनमा आउन सक्ने देखिँदैन। मन्त्री अधिकारीले भनेका विषयलाई आधार मान्ने हो भने आगामी अगष्टमा विमानस्थलमा आपत्कालीन अन्तर्राष्ट्रिय उडानका जहाज मात्रै अवतरण गर्न सकिन्छ। त्यसका लागि पनि रनवे पिचको काम सम्पन्न हुनुपर्छ।

_x000D_ _x000D_

यसका साथै हाल संचालनमा रहेको आन्तरिक उडान भने नयाँ रनवेबाट गर्न सकिए पनि अन्तर्राष्ट्रिय उडान भने गर्न नसकिने प्राधिकरणको स्रोत बताउँछ। स्रोतको कुरालाई पनि विश्वास नगर्ने हो भने पनि प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरवका आयोजनाले गत असोज ४ मा विमानस्थल सञ्चालनका लागि आवश्यक उपकरण जडानका लागि गरेको टेन्डरको सूचना हेर्दा पनि मन्त्री अधिकारीले भनेजस्तै आगामी अगष्टमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन सक्ने देखिँदैन। 

_x000D_ _x000D_

आयोजनाको कार्यालयले विमानस्थल सञ्चालनका लागि आवश्यक उपकरण जडानका लागि भन्दै पहिलो पटक ४५ दिनको सूचना प्रकाशन गरेको थियो। विमानस्थल सञ्चालनका लागि आवश्यक आइएलएस् (इन्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम), सञ्चार उपकरण, मौसम मापन लगायतका उपकरण जडानका लागि टेन्डर गरेको छ।

_x000D_ _x000D_

यी उपकरण जडान सम्पन्न भई परीक्षण भए मात्र अन्तराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)को मापदण्डअनुसार विमानस्थल सञ्चालनमा ल्याउन पाइन्छ। प्राधिकरणले पहिलो चरणमा आइकाओको क्याटेरिज- ८ अन्तर्गतका मापदण्डमा रही विमानस्थल सञ्चालनको मोडालिटीसमेत तय गरिसकेको छ। मोडालिटी अहिले अर्थ मन्त्रालयमा रोकिएको छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

कसरी सम्भव छैन?
_x000D_ आयोजनाले विमानस्थल सञ्चालनका लागि आवश्यक उपकरण जडानका लागि टेन्डर आह्वान गरिसकेको छ। तर, कुनै पनि कम्पनीले थप समय मागेको अवस्थामा नियमअनुसार एक सातादेखि १५ दिनसम्मको समय थप्नुपर्ने हुन्छ। त्यसपछि उपकरण जडानका लागि आवेदन दिने कम्पनीहरुको टेन्डर मूल्यांकनका लागि कम्तीमा पनि एक महिना समय लाग्छ।

_x000D_ _x000D_

मूल्यांकनपछि आर्थिक प्रस्तावका लागि कम्तीमा एक साताको समय चाहिन्छ। आर्थिक प्रस्तावमा सबैभन्दा कम रकममा काम गर्ने गरी कबुल गर्ने कम्पनीसँग सम्झौताका लागि पनि १५ दिन लाग्छ। सम्झौता भएको मितिदेखि २ सय ७० दिनमा उपकरण जडानको काम गर्न पाउने समयसीमा टेन्डरमै तोकिएको छ। 

_x000D_ _x000D_

कम्पनीले काम गरेकै अवस्थामा पनि जडित उपकरण परीक्षण गर्न प्राधिकरणलाई ३० दिनको समय चाहिन्छ। उक्त समयमा कम्पनीले प्रारम्भिक रिपोर्ट मात्रै दिन्छ। कम्पनीले अन्तिम प्रतिवेदन दिन थप ३० दिनको समय पाउँछ।

_x000D_ _x000D_

यी काम सकिए पनि लगत्तै विमानस्थल सञ्चालनमा ल्याउन पाइँदैन। यसका लागि फेरि एआइपी (एरोनटिकल इन्फर्मेसन पब्लिकेसन)मा प्रकाशित हुनुपर्छ। यो प्रक्रियाका लागि ५६ दिनको समय लाग्छ। यी माथिका सबै प्रक्रिया पूरा हुन न्यूनतम १६ महिनाभन्दा बढी समय लाग्छ। यी सबै प्रक्रिया पूरा गर्न कम्तिमा पनि २०७६ माघसम्मको समय लाग्ने दखिन्छ। 

_x000D_ _x000D_

सबै प्रक्रिया पूरा गर्दा सन् २०२० भित्र मात्रै विमानस्थल ’फुल फेज’मा संचालनमा आउँछ। त्यसका लागि विमानस्थलको 'आइसिबी-१' अन्तर्गतका काम सकिनुपर्छ। अहिले चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले आइसिबी-१ अन्तर्गत ३ हजार मिटर रनवे, प्यारालल ट्याक्सी-वे, प्यारालल ट्याक्सी-वे जोड्न ‘एग्जिट-वे’, खोला फर्काउने, टर्मिनल भवन, टावर कन्ट्रोल भवन, प्रशासनिक भवन, अग्नि नियन्त्रण कार्यालय र जेनेरेटर भवन निर्माणको काम गरिरहेको छ।
_x000D_  

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०७५  ११:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलका नेताहरुको मुखसमेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका छ : ओली
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दलका नेताहरुको मुखसमेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका छ : ओली बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रपति पौडेल स्वदेश फिर्ता बिहीबार, कात्तिक २०, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
पृथ्वी सुब्बा गुरुङको प्रश्न- जेनजीको नाममा कसैले भन्दैमा एमाले नेतृत्वबाट ओलीलाई किन हटाउने ? बिहीबार, कात्तिक २०, २०८२
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव समूहको प्रदर्शन बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
आज माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच एकता घोषणा  हुँदै बुधबार, कात्तिक १९, २०८२
रामकुमारी झाँक्रीले आज पत्रकार सम्मेलन गर्दै बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्