काठमाडौं– नयाँ शक्ति नेपालले प्रधानमन्त्री केपी शर्मा ओली भ्रमबाट ग्रसित भएको आरोप लगाएको छ।
_x000D_
_x000D_
बुधबारदेखि राजधानीमा सुरु भएको पार्टीको संघीय बैठकमा संयोजक बाबुराम भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा नेकपा सरकार पतनको बाटो उद्दत भएको उल्लेख छ।
_x000D_
_x000D_
प्रधानमन्त्रीको स्वभाव फुर्के, गफाडी, अनुत्तरदायी र दम्भी देखिएको प्रतिवेदनमा उल्लेख छ। भनिएको छ– 'अनेक बिंगा र उखानटुक्का भनेर जनतालाई भ्रमित गर्न सक्नु नै राजनीतिक कौशल हो भन्ने मनोवैज्ञानिक भ्रमबाट उनी ग्रसित देखिन्छन्।'
_x000D_
_x000D_
'घरघरमा ग्यास पाइप पुर्याउने योजना उनी दुईचार घरको गोबरग्यास उद्घाटन गरेर तुष्टिकरण गर्दैछन्। केरुङ–काठमाडौं–लुम्बिनी रेलवेको बचन उनी फेसबुकमा जयनगर–जनकपुर रेलवेको फोटो पोस्ट गरेर भुलाउन खोज्दैछन्। पुषदेखि हनुमाननगरबाट चल्ने पानीजहाजको टिकट सायद प्रधानमन्त्रीको सपनामा बुकिङ हुँदैछ', प्रतिवेदनमा भनिएको छ।
_x000D_
_x000D_
ओली सरकारको शासनकालमा १५ सय भन्दा बढी हत्या, बलात्कार, एसिड आक्रमण र महिला हिंसाका घटना भएको भन्दै नयाँ शक्तिले सरकार भने कानमा तेल हालेर सुतेको बताएको छ।
_x000D_
उसले नेकपा सरकार निरन्तर कमिसन र भ्रष्टाचारको चंगुलमा फस्दै गइरहेको विश्लेषण गरेको छ।
_x000D_
_x000D_
'ओली सरकार देशको हितमा कूटनीतिक सन्तुलन कायम गर्न असफल भएको छ', प्रतिवेदनमा भनिएको छ, 'विम्स्टेकलाई सार्कको समानान्तर हुनेगरी प्रस्तुत गर्न खोजियो, त्यो घातक कुरा थियो।'
_x000D_
_x000D_
चुनाव अगाडि आफैंले दिन्छु भनी कवोल गरेको बृद्धभत्ताको रकम समेत नबढाएर ओली सरकारले ज्येष्ठ नागरिकलाई समेत ढाँट्ने काम गरेको नयाँ शक्तिले बताएको छ। उसले संविधान संशोधन गरी राजनीतिक समस्या हल गर्न कुनै पहलकदमी नलिएको उल्लेख गरेको छ।
_x000D_
_x000D_
नयाँ शक्तिले कांग्रेसले प्रतिपक्षी धर्म निर्वाह गर्न नसकेको बताएको छ। 'नेकपा सरकारको असफलताबाट अर्को चुनावमा स्वतः सरकारमा फर्किने मुख मिठ्याएर बसेको छ', उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।