काठमाडाैं– चीनको ग्वाङ्गजाओमा अक्टोबर २४ देखि २६ सम्म आयोजित २१औं शताब्दी समुन्द्री सिल्क रोड एक्स्पो २०१८ मा नेपालले सहभागिता जनाएको छ।
_x000D_
_x000D_
विश्वभरीका ४६ मुलुकबाट ८ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको उक्त एक्स्पोमा नेपाल डेलिगेशन को अगुवाई पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले गरेका थिए। सो एक्स्पोमा पाटा नेपाल च्याप्टरको पनि सहभागीता रहेको थियो।
_x000D_
_x000D_
‘बेल्ट एण्ड रोड ग्रिन ईन्डष्ट्रिअल इन्टिग्रेरेशन फोरम’मा हरित वाणिज्य, पर्यटन, साँस्कृतिक तथा प्राविधिक उद्योगको अन्तर्राष्ट्रिय संयोजन सम्बन्धित महत्वपूर्ण विषयमा छलफल भएको थियो।
_x000D_
_x000D_
सोही अवसरमा चिनियाँ सरकारद्धारा प्रस्तावित ‘द बेल्ट एण्ड रोड’को पहलमा साझेदारी, सहकार्य र सहभागिताले नेपालमा हवाई सेवा सबलीकरण तथा माइस टुरिजम वृद्धि र विकासमा समेत ठूलो सहयोग पुग्ने पाटा नेपालका अध्यक्ष सुनिल शाक्यको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।