काठमाडौं– नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कठिन समयमा नेपालबाट प्राप्त साथ र समर्थनप्रति पाकिस्तानी सरकार एवम् जनता आभारी भएको बताएका छन्।
_x000D_
_x000D_
पाकिस्तानी राजदूतावासमा आज ‘जम्मु–काश्मिर विवाद र मानवअधिकार उल्लंघनका घटनामा वृद्धि’ विषयमा आयोजित प्रवचन कार्यक्रममा उनले सरकारीस्तरमा मात्र नभइ जनस्तरमा पनि दुई देशबीचको सम्बन्ध सुदृढ रहेको बताए।
_x000D_
_x000D_
राजदूत मजहरले भने, 'दुवै देशले एकअर्काका आन्तरिक मामिलामा अहस्तक्षेपको नीति अवलम्बन गरेका छन्।' उनले जम्मु–काश्मिर समस्या समाधान संयुक्त राष्ट्र सङ्घको प्रस्तावअनुसार जनमतसङ्ग्रहका माध्यमबाट हुनुपर्ने दोहोर्याए।
_x000D_
_x000D_
राजनीतिक विश्लेषक शास्त्रदत्त पन्तले काश्मिर समस्या दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रको समेत चासोको विषय भएकाले समाधानका लागि सबैले मिलेर संयुक्त राष्ट्र सङ्घलाई घच्घच्याउनुपर्नेमा जोड दिए।
_x000D_
_x000D_
पत्रकार राजनसिंह कार्कीले भारतलाई असल छिमेकीको भूमिका निर्वाह गर्न सुझाउँदै काश्मिर समस्याको समाधानको निर्णय गर्ने अधिकार काश्मिरी जनतालाई नै दिनुपर्ने विचार व्यक्त गरे। कार्यक्रममा विश्वासमोहन आचार्यले विश्वशान्तिको कामना गर्दै कविता वाचन गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।