काठमाडाैं– नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन्।
_x000D_
_x000D_
संयोजक भट्टराईले भ्रष्टाचार एवम् महिला हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका हुन्।
_x000D_
_x000D_
बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टीको १५ औं संघीय बैठकलाई उद्घाटन गर्दै उनले पूराना शक्तिलाई विस्थापित गरेर मुलुकलाई सही बाटोमा अघि बढाउन पार्टीको बैठकले महत्वपूर्ण निर्णय लिने दाबी समेत गरे।
_x000D_
_x000D_
बैठकमा संयोजक भट्टराईले पेस गरेका राजनीतिक प्रतिवेदनमा सरकार जनताको अपेक्षाअनुसार काम गर्न असफल भएको उल्लेख गरिएको छ। लोकतन्त्रका मूल्य/मान्यता विपरितका गतिविधिमा सरकार संलग्न रहेकोे दाबी गर्दै नयाँ शक्ति पार्टी, नेपालले त्यसका विरुद्ध आन्दोलनमा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ।
_x000D_
_x000D_
२ दिनसम्म चल्ने बैठकले पार्टीको भावी नीति तय गर्ने नयाँ शक्ति पार्टी, नेपालले जनाएको छ। संयोजक भट्टराईले बैठकमा पार्टीको विगतका कामको समीक्षा हुने पनि जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।