दमौली– तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुर गाउँमा ७ वटा मस्जिद रहेको छ।
_x000D_
_x000D_
करिब २ सय घरधुरी रहेको सम्जुर गाउँमा ७ वटा मस्जिदमा भेला भएर मुसलमान समुदायले प्रार्थना गर्ने गरेको स्थानीय मुस्लिम अगुवा तथा खोदा बकस मदर्शाका अध्यक्ष फजिर महमद मियाँले जानकारी दिए।
_x000D_
_x000D_
सम्जुरमा नेपालकै सबैभन्दा पुरानो दाबी गरिएको मस्जिदसमेत रहेको मियाँले बताए। कुनै समय तनहुँको सम्जुरमा जिल्लाकै सबैभन्दा बढी मुसलमान समुदाय बस्ने भएपनि हाल यहाँ ती समुदायका २ सय घरधुरी मात्र छन्।
_x000D_
_x000D_
सदरमुकाम दमौलीमा बसोबास गर्ने ९० प्रतिशतभन्दा बढी मुसलमान सम्जुरबाट नै झरेको सिरानोगाउँ मस्जिदका अध्यक्ष हाजी महमद याकुवले बताए। अहिले प्रार्थना गर्ने व्यक्ति धेरै नहुँदा प्रायः सबै मस्जिद खाली नै हुने उनको भनाइ छ।उनले भने, 'पहिले निकै भिड हुन्थ्यो तर अहिले सबै खालीखाली नै हुन्छ।' मस्जिदमा बकर इद र इदुलफित्रमा भने निकै रमाइलो हुने गरेको उनले बताए।
_x000D_
_x000D_
केही मस्जिद जीर्ण भइसक्दा पनि बजेटको अभावमा मर्मत गर्न नसकिएकोे फजिर महमद मियाले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।