काठमाडाैं– दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिन्चोक भगवती मन्दिरमा निर्माण भएको केवलकार तिहारदेखि सञ्चालनमा आउने भएको छ।
_x000D_
_x000D_
कालिन्चोक दर्शन प्रालिका अध्यक्ष बालकृष्ण शिवाकोटीका अनुसार केवलकार सञ्चालन गर्ने अन्तिम तयारी भइरहेको छ। केवलकार निर्माण सम्पन्न भई हाल परीक्षणकालमा रहेकाले तिहारमा मन्दिर दर्शनका लागि औपचारिक सुरुवात गर्ने उनले बताए। करिब ४५ करोड लागतमा निर्माण भएको केवलकार १ किलोमिटर लामो दूरीको रहेको छ।
_x000D_
_x000D_
‘अहिले लम्बाइको हिसाबले हेर्ने हो भने त ९ सय ९५ मिटर मात्रै छ तर भौगोलिक स्थिति हेर्ने हो भने ३ हजार ८ सय मिटरसम्म छ,' अध्यक्ष शिवाकोटीले भने, ‘हिंडेर जानुपर्दा पनि ठाडो उकालो छ, पैदल पुग्न अलि कठिन हुने भएकाले केवलकारको आवश्यकता देखिएको हो।’
_x000D_
_x000D_
दोलखाको मनोहर र काठमाडौदेखि नजिकको दूरीमा हिउँसमेत हेर्न पाउने मनोरम क्षेत्र भएकाले आन्तरिम पर्यटन प्रवर्द्धन हुने उनले दावी गरे।
_x000D_
_x000D_
वर्षमा करिब ३ लाख पर्यटकको लक्ष्य सुरुमा कम्पनीले राखेको र विस्तारै यसमा वृद्धि हुने उनले बताए। यो नेपालको तेस्रो केबलकार हो। केवलकारबाट दर्शन गर्नका लागि केवलकारको टिकटको मूल्य पाँच सय रुपैयाँ लाग्नेछ।
_x000D_
_x000D_
मनकामना र चन्द्रागिरिपछि कालिन्चोकमा केवलकार निर्माण भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।