काठमाडाैं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संघीयता मधेसी जनताको रगतसँग साटिएको बताएका छन्। रौतहटको पिपरामा आयोजित कार्यक्रममा कोइरालाले जनताको रगतसँग साटिएको संघीयता कुनै पनि हालतमा गुम्न नदिने प्रतिबद्धता जनाए।
_x000D_
_x000D_
कम्युनिस्टहरूले कुनै बेला पनि संघीयता स्वीकार नगर्ने आरोप लगाउँदै भने उनले भने, ‘वर्तमान सरकार संघीयतालाई समाप्त गर्न लागेको छ।’ काेइरालाले नेपाली कांग्रेसको लागि मधेस उर्वर भूमि भएको उल्लेख गरे।
_x000D_
_x000D_
मधेसी जनताको हक र अधिकारको ग्यारेन्टी कांग्रेसले मात्रै गर्न सक्ने उनकाे दावी थियाे। सरकार मधेसविरोधी भएको आरोप लगाका काेइरालाले कांग्रेसलाई बलियो बनाउन आग्रह गर्दै भने, ‘हामी मधेस र मधेसी जनताको शिर कहिल्यै पनि झुक्न र स्वाभिमान गिर्न दिने छैनौं।’
_x000D_
_x000D_
सभामा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले झुटको खेती गरिरहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।