काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम थालनी गरेका छन्।
_x000D_
_x000D_
शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा डा अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गरेको बताएका हुन्।
_x000D_
_x000D_
उनले भने– प्रधानमन्त्रीले राम्ररी सुत्नुभएको छ। राम्ररी खानुभएको छ। आरामका लागि मात्र हामीले केही दिन अस्पतालमा बस्नुपर्छ भनेर सल्लाह दिएका हौं।
_x000D_
_x000D_
अस्पतालका निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले गत सोमबार भर्ना भएपछि अहिलेसम्मको अवधिमा प्रधानमन्त्रीको स्वास्थ्यमा प्रत्येक घण्टा सुधार आएको बताए। एन्टिवायोटिकको कोर्ष एक/दुई दिन बाँकी रहेकाले त्यो अवधिसम्म अस्पतालमै रहनु उपयुक्त हुने सल्लाह प्रधानमन्त्री ओलीलाई दिएको श्रेष्ठले जानकारी दिए।
_x000D_
_x000D_
प्रधानमन्त्रीका स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले बुधबार बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा बिहान परीक्षण गरिएका रिपोर्टहरू सन्तोषजनक रहेको र स्वास्थ्य स्थितिमा थप सुधार देखिएको उल्लेख छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।