काठमाडौं- काठमाडौं उपत्यकामा दिउँसो पनि टिपर चलाउन पाइने भएको छ। यसअघि रातको समयमा मात्र चलाउन पाइने टिपर कात्तिक मसान्तसम्म दिउँसो पनि चलाउन पाइने भएको हो।
_x000D_
_x000D_
काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा मंगलबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका सुरक्षा निकायका प्रमुख एवं पदाधिकारीको बैठकले चालक अनुमतिपत्र, ब्लूबुक प्रतिलिपी, हालसालै खिचिएको फोटोसहित जिल्ला प्रशासन कार्यालयलाई निवेदन दिने चालकलाई बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न दिने निर्णय गरेको हो।
_x000D_
_x000D_
ठमाडौं ट्राफिकले जारी गरेको सूचनाअनुसार कात्तिक १३ गतेबाट लागू हुने गरी कात्तिकभर दिउँसो टिपर चलाउन पाइनेद्छ। ३५ किमि प्रतिघण्टाको दरले टिपर चलाउन दिने निर्णय भएको बताइएको छ।
_x000D_
_x000D_
गत साउनदेखि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन हुँदै आएको ट्रक तथा टिपर आजदेखि कात्तिक मसान्तसम्मलाई दुई घण्टा बढाएर साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्तकुमार पन्तले जानकारी दिए।
_x000D_
_x000D_
यसका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन माग गर्ने र निवेदनका अाधारमा टिपर संचालन गर्न अनुमति दिने निर्णय गरिएको सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।