काठमाडौं– शिक्षण अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको छ। धेरै व्यक्ति सँगको सम्पर्कले संक्रमण बढ्न सक्ने बताउँदै अस्पतालले भेटघाटमा रोक लगाएको हो।
_x000D_
_x000D_
मंगलबार दिउँसो अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई स्वास्थ्यलाभ गराउनु आफुहरुको पहिलो प्राथमिकता रहेको बताउँदै भेटघाटमा रोक लगाएको हो। ‘शीघ्र स्वास्थ्य लाभ गराउनु अस्पतालको पहिलो प्राथमिकता भएकोले भेटघाटलाई प्रतिबन्ध गरिएको व्योहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछौं’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
_x000D_
_x000D_
छातीमा संक्रमण देखिएपछि कात्तिक १२ गते शिक्षण अस्पताल भर्न भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सुधार हुँदै गएको अस्पतालले बताएको छ।
_x000D_
_x000D_
यस्तो छ अस्पतालले जारी गरेको विज्ञप्ती
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।