डडेल्धुरा–मानव बेचबिखनको आरोपमा डडेल्धुरा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। डोटी सायल गाउँपालिका–५ का ३८ वर्षीय शेरबहादुर साउद र सोही ठाउँका ४० वर्षीय तेजबहादुर साउदलाई प्रहरीले पक्राउ गरेको हो।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीका अनुसार उनीहरुलाई डडेल्धुरास्थित एक होटलबाट सोमबार पक्राउ गरेका हो। सोही आरोपका अर्का एक अभियुक्त भने अझै फरार छन्।
_x000D_
_x000D_
सोमबार बझाङ थलाराका एक पुरुषले बझाङकै एक महिलालाई उपचार गराउन भनी ललाइफकाइ डडेल्धुरा ल्याई एक होटलमा राखी बिक्री तथा ओसारपसार गर्न लागेको भनी प्रहरी कहाँ खबर आएपछि प्रहरी टोलीले पक्राउ गरेको हो।
_x000D_
_x000D_
भाग्दै गरेको अवस्थामा दुई अभियुक्तलार्य पक्राउ गरेको प्रहरी नायव उपरीक्षक केसीले बताए। उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा चलाईएको छ।
_x000D_
_x000D_
जिल्ला अदालत डडेल्धुराबाट म्याद थप गरी दुबैमाथि अनुसन्धान भइरहेको र फरार व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।