काठमाडौं- काठमाडौं उपत्यका नगरपालिका फोरमले उपत्यकाको वातावरणलाई स्वच्छ बनाउने प्रतिबद्धता जनाएको छ।
_x000D_
_x000D_
फोरमको मंगलबार काठमाडौंमा बसेको बैठकले उपत्यका भित्र रहेका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको वातावरण स्वच्छ राख्न सामूहिक पहल गर्ने प्रतिवद्धता जनाएको हो। स्वच्छ वातावरणका लागि सबै नगरपालिकाले सामूहिक पहल गर्ने निर्णय गरेको फोरमका संयोजक एवम् काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए।
_x000D_
_x000D_
'स्वच्छ वातावरणमा बस्न पाउने संवैधानिक हकलाई सुनिश्चित गर्न कटिबद्ध रहने, वातावरणलाई स्वच्छ बनाउने कानुनलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न सामुहिक पहल गर्ने निर्णय फोरमले गरेको छ' शाक्यले भने।
_x000D_
_x000D_
फोरमले मंगलबार पत्रकार सम्मेलन गरी जारी गरेको घोषणा पत्रमा काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने, वृक्षारोपण गरी हरियाली प्रवद्र्धन गर्ने उल्लेख गरेको छ।
_x000D_
_x000D_
सवारी साधनबाट निस्कने धुवा कम गर्न इन्धनको गुणस्तर कायम गर्ने प्रतिवद्धता पनि फोरमले जनाएको छ। संयोजक शाक्यले काठमाडौं उपत्यकाको स्वच्छ वातावरणका लागि सबै नगरपालिकाको स्रोत, साधन परिचालन गर्ने योजना रहेको पनि स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।