काठमाडौं– नेपाल प्रिमियर लिगको सिजन ३ को फाइनल खेलमा लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम रोयल्सले लुम्बिनीको तुलना बलियो सुरुवात गरेको छ ।
सुदूरले पहिलो पावर प्ले को ६ ओभर सकिँदा बिना विकेटको क्षतिमा ६० रन बनाएको छ । १५६ रनको लक्ष्य पछ्याउने सुदूरका लागि जर्ज मन्जी र विनोद भण्डारीले आक्रामक सुरुवात दिलाएका छन् ।
मन्जीले २४ बलमा ४४ रन र भण्डारीले १२ बलमा १४ रन बनाएर खेलिरहेका छन् ।
यही अवस्थामा लुम्बिनीको दुई विकेटको क्षतिमा मात्र ३७ रन थियो । यस सिजनमै लक्ष्य पछ्याउने क्रममा यति बलियो सुरुवात गरेको सुदूरपश्चिमको यो पहिलो खेलसमेत हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।