काठमाडौं– सर्लाहीमा गोली लागेर एक जनाको ज्यान गएको छ। सर्लाहीका एसपी पोषराज पोखरेलले एक जनाको ज्यान गएको पुष्टि गरे।
_x000D_
_x000D_
सर्लाहीको रामनगर–४ का ६२ वर्षीय रामविालास महतोको ज्यान गएको हो नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप हुँदा गोली लागेर उनको ज्यान गएको बताइएको छ।
_x000D_
_x000D_
रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतोमाथि सामेबार एक समूहले आक्रमण गरेको थियो। सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५/२० जनाको समूहले आफूमाथि आक्रमण गरेको उनले बताएका थिए।
_x000D_
_x000D_
आक्रमणबाट वडाध्यक्ष महतोको टाउकोमा गहिरो चोट लागेको छ भने बायाँ खुट्टा भाँच्चिएको छ। उनको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ।
_x000D_
_x000D_
नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित उनीमाथि कम्युनिस्ट कार्यकर्ताले आक्रमण गरेको बताइएको थियो। सोही विषयमा आज नेकपा र कांग्रेसका कार्यकताबीच झडप हुँदा गोली चलेको एसपी पोखरेलले बताए। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।