सर्लाही- रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतोमाथि एक समूहले आक्रमण गरेका छ। सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५/२० जनाको समूहले आफूमाथि आक्रमण गरेको उनले बताए।
_x000D_
_x000D_
आक्रमणबाट वडाध्यक्ष महतोको टाउकोमा गहिरो चोट लागेको छ भने बायाँ खुट्टा भाँच्चिएको छ। उनको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ।
_x000D_
_x000D_
स्थानीय श्रीनारायण राय र धरमेन्द्र साहको नेतृत्वमा आएका व्यक्तिले आक्रमण गरेको उनको भनाइ छ। आक्रमणकारीले वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकसमेत तोडफोड गरेका छन्।
_x000D_
_x000D_
साथमा रहेको नगद, मोबाइल र सुनको हनुमानी समेत लुटी लगेको घाइते महतोले बताए। उनी नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुन्। घटनामा संलग्नको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।