काठमाडौं– नेपाली कांग्रेसले महासमिति बैठकको तयारी तीव्र बनाएको छ। काठमाडौंको भृकुटीमण्डपमा बैठक आयोजना गर्ने निर्णय गरेको कांग्रेसले मञ्च तथा प्रचारप्रसार, भोजन, स्वयंसेवक र स्थानीय व्यवस्थापन सचिवालय उपसमिति गठन गरेको छ।
_x000D_
_x000D_
मंगलबार बसेको बैठकले भक्तपुरका सचिव उद्धव सिलवालको नेतृत्वमा भोजन व्यवस्थापन उपसमिति बनाएको छ।
_x000D_
_x000D_
त्यसैगरी काठमाडौंका कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकत्वमा मञ्च तथा प्रचार प्रसार व्यवस्थापन उपसमिति, ललितपुरका सचिव भीमसेन घिमिरेको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन र भक्तपुरका सचिव निशान ढुंगेलको संयोजकत्वमा स्थानीय व्यवस्थापन सचिवालय उपसमिति कांग्रेसले निर्माण गरेको छ।
_x000D_
_x000D_
आर्थिक व्यवस्थापन गर्न काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापतिलाई जिम्मा दिने निर्णय भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।