जनकपुरधाम– मुख्यमन्त्री लालबाबु राउतले मधे; आन्दोलनका दुईजना गम्भीर घाइतेहरुलाई आर्थिक सहयोग उपलब्ध गराएका छन्।
_x000D_
_x000D_
मधेस आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने प्रदेश सरकारको निर्णय अनुरुप मुख्यमन्त्री राउतले दुवै घाइतेलाई सोमबार चेक हस्तान्तरण गरेका हुन्।
_x000D_
_x000D_
मुख्यमन्त्री कार्यालय मधेस भवनमा आयोजित चेकहस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री राउतले मधेस आन्दोलनका घाइते महोत्तरीका शंकर पासवानलाई दुई लाख र रौतहटका रणवीरकुमार सिंह राजपुतलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन्।
_x000D_
_x000D_
प्रदेश सरकारले अहिलेसम्म १३ जना घाइतेलाई चेकहस्तान्तरण गरिसकेको छ। प्रदेश सरकारले मधेस आन्दोलनका घाइतेहरुलाई अवस्था हेरी ५० हजारदेखी ३ लाखसम्म उपलब्ध गराउने निर्णय गरेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।