एजेन्सी- बलिउड अभिनेत्री रानी मुखर्जी अभिनित फिल्म ‘हिचकी’ गत १२ अक्टोबरबाट चीनमा प्रदर्शन भइरहेको छ। रानीका लागि फिल्मी करिअरमा यो पहिलो चीन यात्रा हो। उनको पहिलो चीन यात्रा निकै फलदायी बनेको छ।
_x000D_
_x000D_
उनको फिल्म हिचकीले चीनमा मात्र १ अर्ब १४ करोड रुपैयाँको व्यापार गरिसकेको छ। चीनमा सार्वाधिक कमाइ गर्नेे बलिउड फिल्ममध्ये यो छैटौं फिल्म हो।
_x000D_
_x000D_
सिद्धार्थ मल्होत्राको निर्देशनमा तयार फिल्म करीब २० करोड लगानीमा निमार्ण भएको थियो। फिल्मले यसअघि भारतमा भने ४६.१७ करोडको मात्र व्यपार गर्न सफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।