एजेन्सी– प्रदर्शनको तयारीमा रहेको बलिउड फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को मुख्य कलाकार छिन्, फातिमा सना शेख। जहाँ उनी एक जाफिरा नामक योद्धाको रुपमा प्रस्तुत छिन्।
_x000D_
_x000D_
यसै विषयमा फिल्म सुटिङका क्रममा भएका केही गोप्य कुरा फातिमाकी ड्रेस डिजाइननर मानुसीले खुलासा गरेकी छन्।
_x000D_
_x000D_
मानुसीका अनुसार फिल्ममा फातिमा एक योद्धा भएका कारण उनले उक्त ड्रेस पूरै शरीरको छालासँग मिल्नेगरी पहिरिनुपर्ने हुन्थ्यो। फातिमाले सुटिङका हरेक दिन उक्त पोसाक ४/५ पत्रसम्म पहिरिनुपर्ने हुन्थ्यो।
_x000D_
_x000D_
मानुसीले थपेकी छन्,‘फातिमाले लगाउने पहिरनलाई उनको शरीरसँग मिलाउन हामी डिजाइनरहरु निकै मेहनतका साथ त्यसलाई बाँध्ने र गाँठो पार्ने गर्थ्यौं। फातिमालाई सुटिङका लागि पूर्ण रुपमा तयार बनाउनै ५ देखि ६ घन्टासम्म खर्चिनुपर्थ्यो।’
_x000D_
_x000D_
भारतीय स्टार अमिताभ बच्चन, आमिर खान, कट्रिना कैफ लगायतको अयिनय रहेको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ नोभेम्बर ८ बाट प्रदर्शनमा आउँदैछ।
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।