काठमाडौं– राष्ट्रपति विद्या भण्डारी चार दिने औपचारिक भ्रमणका लागि कतार प्रस्थान गरेकी छिन्। उनी सोमबार बिहान बिहान साढे ११ बजे त्यता प्रस्थान गरेकी हुन्।
_x000D_
_x000D_
कतारका अमिर शेख तामिम बिन हमद अलथानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार जान लागेकी हुन्।
_x000D_
_x000D_
प्रधानमन्त्री बिरामी भएकाले राष्ट्रपति भण्डारीलाई त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, गृहमन्त्री रामबहादुर थापा 'बादल', सभामुख कृष्णबहादुर महरा तथा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतले बिदाइ गरेका थिए।
_x000D_
_x000D_
परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि राष्ट्रपतिसँगै कतार भ्रमणमा गएका छन्।
_x000D_
_x000D_
राष्ट्रपतिको भ्रमण कात्तिक १५ गतेसम्म हुने छ। यसक्रममा राष्ट्रपति भण्डारीले विभिन्न उच्चस्तरीय भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।
_x000D_
_x000D_
कतार भ्रमणको अवसरमा भोलि राष्ट्रपति भण्डारीले अमिर शेख अलथानीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। बैठकपछि कतारी अमिरले राष्ट्रपति भण्डारीको सम्मानमा आयोजना गर्ने दिवा भोजमा सहभागी हुनेछिन्।
_x000D_
_x000D_
मंगलबार ‘नेपालमा व्यापार र लगानीको अवसर’ विषयक एक अन्तरक्रिया कार्यक्रमलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने बताइएको छ।
_x000D_
_x000D_
कतारमाथि नाकाबन्दी लागिरहेको बेलामा राष्ट्रपतिले भ्रमण गर्न लागेको यो भ्रमणलाई कूटनीतिक मामिलाका जानकारहरुले आलोचना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।