धनुषा- प्रदेश २ को राजधानी र नामका विषयमा सुझाव सङ्कलन गर्न प्रदेश सरकारले आयोग गठन गरेको छ।
_x000D_
_x000D_
प्रदेश २ मन्त्रिपरिषद्को आइतबारको बैठकले नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए। समितिका सदस्यमा मोहनलाल चौधरी र रामप्रवेश बैठा रहेका छन्। सो आयोगलाई ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मा दिइएको छ।
_x000D_
_x000D_
स्थायी राजधानीका विषयमा दलहरुबीच खासै विवाद नदेखिए पनि नामका विषयमा मतभिन्नता छ। सत्तारुढ सङ्घीय समाजवादी फोरम नेपाल र राजपा नेपालले प्रदेशको नाममा ‘मधेस’ तथा विपक्षी दलहरु नेकपा र काङ्ग्रे सलगायत सांसदले मिथिला, ‘मिथिला भोजपुरा’ हुनुपर्ने धारणा राख्दै आएका छन्।
_x000D_
_x000D_
आयोगले प्रदेशको राजधानी र नामका विषयमा कार्यक्षेत्रभित्र विभिन्न राजनितिक दल, नागरिक समाज, व्यक्ति, सङ्घसंस्था तथा बढीभन्दा बढी व्यक्तिसँग सल्लाह र सुझाव सङ्कलन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।