काठमाडौं– गायक राज के गोस्वामीको नयाँ एल्बम ‘कोसिस–२’को अष्ट्रेलियामा विमोचन गरिएको छ। विगत १० वर्षदेखि अष्ट्रेलियामा रहेर नेपाली संगीत क्षेत्रमा सक्रिय गोस्वामीको यो दोस्रो एल्बम हो।
_x000D_
_x000D_
गत शुक्रबार अष्ट्रेलियाको सिड्नीस्थित इन्द्रेणी फङ्सन सेन्टरमा एक कार्यक्रमको अयोजना गरी एल्बम विमोचन गरिएको हो। अष्ट्रेलियामा बस्दै आएका नेपालीको उपस्थितिमा बिमोचन गरिएको गायक गोस्वामीले जानकारी दिए।
_x000D_
_x000D_
सार्वजनिक एल्बममा १० वटा गीत समावेश छन्। जसमा, ‘साइली र माइली पोइला गएछन्...’, ‘काँडा घारी’, ‘हिमाल रमाइलो’, ‘सोल्टिनी’, ‘ तिमी र म’, ‘रंग बिनाको’,‘परदेशी’,‘मैले माया गरे’,‘मायाको डोरिले’ र ‘बैँस हो यो’बोलका गीत छन्। एल्बमका ९ गीतमा गायक गोस्वामीको एकल स्वर सुन्न सकिन्छ भने ‘मैले माँया गरे’बोलको गीतमा गायिका मेलिना राईले साथ दिएकी छिन्।
_x000D_
_x000D_
एल्बमको पहिलो गीत ‘साइली र माइली पोइला गएछन्...’बोलको गीत भने केही दिनअघि नै म्युजिक भिडियोसहित सार्वजनिक भएको थियो।
_x000D_
_x000D_
गायक स्वयमको लाइभ प्रस्तुति सहित सम्पन्न कार्यक्रममा उपस्थित अतितिथीको सकारात्मक प्रतिक्रियाले नेपाली संगीत क्षेत्रमा अझ सशक्त ढंगबाट अघाडि बढ्ने प्रेरणा मिलेको गायक गोस्वामीले बताए।
_x000D_
_x000D_
यसअघि उनले सन् २०१३ मा ७ गीत भएको ‘कोसिस–१’ एल्बम सार्वजनिक गरेका थिए।
_x000D_
_x000D_
‘साइली र माइली पोइला गएछन्...’ (भिडियो)
_x000D_
_x000D_
_x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।