• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मुस्ताङी 'युवराज'को रोयल रिसोर्ट

64x64
किशोर दहाल आइतबार, कात्तिक ११, २०७५  ०८:४३
1140x725

लो-मान्थाङ (मुस्ताङ)- लो-मान्थाङको मुख्य बस्तीबाट करिब डेढ सय मिटर पश्चिममा एउटा सेतो र चम्किलो भवन देखिन्छ। दरबारजस्तो। गत बिहीबार बिहान यो भवनको अघिल्तिर तीन घोडा र सम्भवतः तिनका मालिक त्यही भवनको गेटको अघिल्तिर उभिइरहेका थिए। घोडाको डोरी समाएर।

घोडाहरु उभिएकै छेउमा बोर्ड टाँसिएको थियो- रोयल मुस्ताङ रिसोर्ट प्रालि। 

गेटको भित्रपट्टी सुनसान छ। कोहीकोही बेलामा मात्रै मानिसहरु बाहिर निस्किन्छन्। वरिपरिको पर्खाल र मुख्य भवनको बीचमा निकै ठूलो खाली ठाउँ छ। मुस्ताङ भ्रमणमा जाने पर्यटकहरु रिसोर्टलाई पृष्ठभूमि बनाएर मोबाइल-क्यामेरा तेर्स्याइरहेका देखिन्छन्। भवनकै पृष्ठभूमिमा कतै हिउँ परेकासेता र कतै नपरेका पहेंला मुस्ताङी डाँडाहरु छँदैछन्।

ठूलो र कलात्मक गेट पार गरेर रिसोर्टको भित्री कक्षमा छिर्न सकिन्छ। निकै कलात्मक पेन्टिङ तथा वास्तुकलाले रिसोर्टको भित्री कक्ष, प्यासेज, किचेन लगायतका भागहरु सजिएका छन्। कुर्सी टेबल लगाएका वस्तुहरु पनि कलात्मक देखिन्छन्। ती सबै बौद्ध धर्म तथा स्थानीयसँग जोडिएका संस्कृतिको झल्को दिने खालको छ।

गेट बाहिरबाट सुनसान देखिने यो भवनभित्र भने निकै चलायमान थियो। पश्चिमाहरुको ओहोरदोहोरले भित्री कक्षमा चहलपहल देख्न सकिन्थ्यो। नेपालीहरु भने फोटो खिचिरहेका मात्रै देखिन्थे।

उपल्लो मुस्ताङका माटोका साना-साना घरहरु मात्र रहेको ठाउँमा टाढैबाट प्रस्ट देखिने यो आलिसान रिसोर्टका सञ्चालक हुन्, मुस्ताङमा पूर्व युवराज जिग्मे सिंवे परवल विष्ट।

विष्ट अहिले ६२ वर्षका भए।

सम्मानित युवराज
२०६२/०६३ सालको दोस्रो जनआन्दोलनअघिसम्म उपल्लो मुस्ताङका राजा जिग्मे पलवर विष्ट शक्तिशाली थिए। लोकप्रिय पनि उत्तिकै थिए। यदाकदा हुने जग्गा किनबेच पनि राजाकै रोहबरमा हुन्थ्यो। मानिसहरुसँग दरबारकै छाप लागेको कागजपत्र छन्। सहयोगी स्वभावका कारण शासक भए पनि उनले सम्मान पाइरहेका थिए। तर, देश गणतन्त्रमा गएसँगै उनले मुस्ताङी राजाको औपचारिक पद गुमाएको पत्र पाए। मासिक ५ हजार भत्ता पनि गुमाए।

Ncell 2
Ncell 2
nimb
nimb

तर सरकारले पद र सुविधा खोसेर के भयो? जनताको सम्मान निरन्तर नै थियो। यद्यपि सरकारी पत्रसँगै उनी निष्क्रिय भएका थिए। उनको ०७३ पुष १ मा निधन भइसकेको छ।

राजा पूर्वराजा भएजस्तै युवराज पनि पूर्व युवराज भए। तर, मुस्ताङी जनताको नजरमा भने उनी अझै युवराज नै छन्। संवैधानिक रुपमा उनी युवराज नभए पनि सांस्कृतिक रुपमा उनलाई त्यो सम्मान अहिले पनि प्राप्त छ। उनलाई युवराज नै भनेर सम्बोधन गरिन्छ।

सामाजिक सेवामा सक्रिय भएका कारण पनि जिग्मे सिंवेले युवराजको सम्बोधन पाइरहेका छन्। तर उनी सामान्य जीवन बिताइरहेका छन्। विशेष सम्मानमा खासै रुची देखाउँदैनन्।

स्थानीयलाई भने देशमा गणतन्त्र आउनु वा युवराज अब संवैधानिक युवराज नरहनुसँग उति मतलब देखिन्न।

'देशबाट राजा हटे पनि हामीले हाम्रो युवराज मायाले राखेका हौं', स्थानीय ६७ वर्षिय कर्मा आंगेल गुरुङ भन्छन्, 'उहाँलाई आदर गरेका हौं।'

युवराजप्रतिको सम्मान कतिसम्म छ भने स्थानीयले उनको घाँस नकाटिकन अरुको काटिन्न। कतिपयले पूर्व युवराजको हैकमको निरन्तरता भनेर आलोचना गरे पनि त्यो केवल सम्मान भएको र त्यही रुपमा हेर्नुपर्ने बताउँछन्, स्थानीय कर्मा गुरुङ। 'त्यति सहयोग त हामी गर्छौं', उनी भन्छन्, 'उहाँको पुर्खाले राम्रो काम गरेकैले हाम्रो रोटी र बासको व्यवस्था हुन सक्यो। त्यसको मायाले गाउँलेले उहाँलाई सहयोग गरेका हुन्।'

पहिले नेपाली राजालाई जनताले जसरी सम्मान गर्थे, युवराजलाई यहाँका जनताले त्यसैगरी सम्मान गरिरहेको रिसोर्टका म्यानेजर निमा गुरुङको दाबी छ।

स्थानीयको सबैभन्दा ठूलो चाडपर्व तिजी पर्व, घोडेजात्रामा पनि युवराज मुख्य अतिथिका रुपमा बोलाइन्छन्। उनले आफ्नो घोडा दरबारदेखि चलाउन पाउँछन्, जनताले भने बाहिरदेखि मात्रै चलाउँछन्।

गाउँलेसँग पूर्व युवराज विष्टको सम्बन्ध पनि निकै राम्रो छ। उनी परेका बेलामा गाउँलेलाई सहयोग गर्छन्। सहयोग माग्न जानेलाई कसैगरी पनि निराश बनाउँदैनन्। 

गरिबहरुलाई आर्थिक सहयोग गर्नेदेखि तिनका बच्चालाई सहयोग जुटाएर पढ्ने व्यवस्था मिलाउँछन्। माथिल्लो मुस्ताङमा मात्रै १६ वटा 'डे केयर सेन्टर' खोलिदिएका छन्। 

'पहिले आमाबाबुहरु खेतको काम जाँदा कतिपयका बच्चा खेल्दाखेल्दै दुर्घटनामा पर्ने गर्थे। अहिले डे केयर सेन्टरमा राखिदिएर ढुक्कले काम गर्न सक्छन्', म्यानेजर गुरुङ बताउँछन्।

जोमसोममा होस्टल पनि खोलिएको छ। त्यहाँ बस्न आर्थिक रुपमा कठिन हुनेहरु निशुल्क नै बस्न पाउँछन्। त्यहाँ अहिले ६० जना बसिरहेका छन्। रिसोर्टको कमाइको केही हिस्सा ती बालबालिकाको निम्ति खर्च हुन्छ। 

'संविधानमै नभएको युवराजले कानुन बनाएर शासन गर्न मिलेन', स्थानीय कर्मा गुरुङ भन्छन्, 'तर गरिबका बच्चालाई पढ्न सहयोग पुर्‍याउनु भएको छ। सरकारी स्कुलका बच्चालाई खाजा दिनुभएको छ। त्यो त राम्रो काम हो नि!'

पूर्वयुवराज परवल विष्ट राजनीतिसँग खासै मतलब राख्दैनन्। त्यसैले कसैसँग विशेष राजनीतिक सम्बन्ध पनि छैन। सञ्चालक भए पनि रिसोर्टमा त्यति बस्दैनन्। प्रायः काठमाडौंमै बस्छन्। मुस्ताङ आएका बेलामा पनि उनी कहिले रिसोर्ट र कहिले दरबारमा बस्छन्। 

लो-मान्थाङमा पर्खालले घेरिएको गाउँमा उनी बस्ने दरबार छ। उनको दरबारमा अन्य व्यक्ति पस्न पाउँदैनन्। 'अनुमतिबिना प्रवेश निषेध' भनेर दरबारको गेटमै दुईवटा सन्देश नेपाली र अंग्रेजीमा टाँसिएको छ।

लो-मान्थाङमै रिसोर्ट किन?
रिसोर्ट लो-मान्थाङमै खोलिनुको पनि खास कारण भएको बताउँछन्, म्यानेजर गुरुङ। 

'यहाँ निकै ठूलो लगानी भएको छ। यहाँ लगानी भएको पैसाले त काठमाडौंमा धेरैवटा रिसोर्ट बनाउन सकिन्थ्यो', उनले थपे, 'बच्चाहरु सबै तल (सुविधा सम्पन्न ठाउँहरुमा) पढिरहेका छन्। युवाहरु सबै विदेश गएका छन्। उतै बिहे गर्छन्, जग्गा किन्छन्। उतै बस्छन्। उनीहरुले यहाँको संस्कृति नै जान्दैनन्। भाषा नै बुझ्दैनन्। यहाँ नै यो रिसोर्ट खोलेपछि मान्छे बाहिर जान केही हदसम्म रोकिन्छ। यहीँ नै केही हुन्छ भनेर देखाउन सकिन्छ।'

'यो रिसोर्ट बनाउन नौं वर्ष लाग्यो', म्यानेजर गुरुङ बताउँछन्, 'तर रिसोर्ट सञ्चालनमा आएको भने यो दोस्रो सिजन हो। सन् २०१७ मेदेखि रिसोर्ट सञ्चालनमा छ।'

रिसोर्टमा कामदार सबै त्यहीँका स्थानीय नै छन्। 'यहाँ रिसोर्ट खोलेर निकै राम्रो भयो', स्थानीय कर्मा गुरुङ भन्छन्, 'पर्यटक बढेका छन्। उनीहरुले पनि सुविधा पाए। हाम्रा केही भाइहरुले रोजगारी पाए।'

रिसोर्टमा मुस्ताङी संस्कृति
लो-मान्थाङको खास परिचय हो, 'वाल सिटी'। ठूलो पर्खालले घेरिएको 'कोर' लो-मान्थाङमा १ सय २० भन्दा बढी घर छन्। त्यो बस्तीमा छिर्न केही सीमित गेटहरुमात्रै छन्। 

'कोर' लो-मान्थाङको त्यस पहिचानलाई रिसोर्टले प्रतिनिधित्व गरेको छ। रिसोर्टको संरचना निर्माण गर्दा नै मुस्ताङको संस्कृतिलाई सकेसम्म प्रस्तुत गर्न र जोगाउन खोजिएको छ। 

खाना पनि रिसोर्टले सकेसम्म स्थानीय स्तरमै उत्पादन भएको खुवाउने गरेको छ। बरु आवश्यकता अनुसार त्यसलाई 'मोडिफाइ' गरेर फरक स्वाद दिने गरिएको छ। तर, स्वेदशी खाना अन्तर्गतका परिकारहरु मुस्ताङमै उत्पादित हुने गर्छ।

सिजनमा नेपाली पनि नजाने होइनन्। तर, विदेशीहरुकै रोजाइमा पर्ने गरेको छ, रिसोर्ट।

वरिपरिको रिसोर्टभन्दा यो अलि महंगो भएकाले पनि विदेशीकै बाहुल्य देखिन्छ। कोठा ९० डलरदेखि २ सय ५० डलरसम्मको रहेको म्यानेजर गुरुङ बताउँछन्। 'रिसोर्टमा पाहुना बस्ने २० वटा कोठा छन्', उनी भन्छन् , 'सिजनमा ती प्रायः भरिन्छन्।'

हिउँदमा अत्याधिक चिसो हुने र हिउँ पनि पर्ने भएकाले उपल्लो मुस्ताङमा बढीभन्दा बढी मानिसहरु जोमसोमतिर झर्छन्। त्यहाँ केही महिना जनजीवन बन्दप्रायः हुन्छ। त्यतिबेला त्यहाँका प्राय संस्था बन्द रहन्छन्। रोयल रिसोर्ट पनि वर्षको पाँच महिना बन्द नै हुन्छ।

भिडियो

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०७५  ०८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्