काठमाडाैं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक अनिश्चित बनेको छ। १२ र १३ को लागि डाकिएको बैठक पुनः स्थगित भएको हो।
_x000D_
_x000D_
स्थायी समितिको बैठकमा छलफल हुने एजेण्डाहरु सचिवालयले तय गर्न नसक्दा स्थायी समितिको बैठक स्थगन गरिएको हो। जिल्ला, प्रदेश र जनवर्गीय संगठन एकता प्रक्रिया टुङ्ग्याउनको गत बिहीबार सचिवालयले कार्यदल बनाएको थियो ।
_x000D_
_x000D_
महासचिव विष्णु पौडेल र रामबहादुर थापा बादल रहेको कार्यदलले तल्लो तहबाट आएका नामलाई रुजु गरी स्थायी समितिमा पेस गर्ने बताइएको थियो। स्थायी समितिको बैठकअघि सचिवालयको बैठक बस्न नसकेपछि स्थायी समितिको बैठक अनिश्चित बनेको हो।
_x000D_
_x000D_
तल्लो तहको एकता प्रक्रिया टुङ्ग्याउनका लागि कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरुको नाम महासचिवलाई बुझाइसकेको छ। कार्यदल र प्रदेश पदाधिकारीले बुझाएको नामावलीलाई सचिवालयको कार्य लले अन्तिम रुप दिन सकेको छैन।
_x000D_
_x000D_
नेकपाको स्थायी समिति बैठक असारको तेस्रो साता बसेको थियो। त्यसपछि बैठक बस्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।