काठमाडौं– विगत लामो समयबाट नेपाली संगीतिक क्षेत्रमा सक्रिय गायक सुरज कुमार थापाको नयाँ आधुनिक गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘ज्यानै फाल्छु’ बोलको गीतमा अष्ट्रेलियमा बस्दै आएकी गायिका सुजता उपाध्याय मानन्धर र गायका थापाको युगल गायन सुन्न सकिन्छ।
_x000D_
_x000D_
दिनेश अधिकारीको श्ब्द, हरि लम्सालको संगीत तथा किरण कँडेलको संगीत संयोजन रहेको सार्वजनिक गीतमा कलाकारहरु केकी अधिकारी र जिवन भट्टराईको अभिनय रहेको छ। विशाल भण्डारीको निर्देशन, निशान घिमिरेको सम्पादन रहेको उक्त भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन्।
_x000D_
_x000D_
सांगीतिक समुह ‘नेपथ्य ब्याण्ड’मा बिगत १५ वर्षदेखि सक्रिय सदस्यका रुपमा रहेका गायक सुरजको गायन यात्रा भने २०४८ सालबाट सुरु भएको हो। उनि २०४८मा रेडियो नेपालमा आधुनिक गायनमा स्वर परिक्षण पास गरि गायन यात्रमा लोगका थिए।
_x000D_
_x000D_
_x000D_
गीतकाे भिडियाे
_x000D_
_x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।