काठमाडौं–अभिनेत्री स्वस्तिमा खड्काले टेम्पो ड्राइभरको भूमिकामा अभिनय गरेको फिल्म ‘बुलबुल’ले फ्ल्यास मोब शैलीमा फिल्मको पहिलो गीत सार्वजनिक गर्ने भएको छ। यो शैलीमा भिडमा रहेका कलाकारहरु अकस्मात गीत बजेसँगै एक जुट भएर नाच्न थाल्नेछन्।
_x000D_
_x000D_
फिल्मको ‘खुद्राखुद्री’ बोलको गीत एकै साथ पाँच सहरमा सार्वजनिक गरिन लागेको हो। निर्माण टिमले जानकारी गराएअनुसार फिल्मको गीत यहीँ कात्तिक १५ गते काठमाडौको काठमाडौं मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा रिलिज गरिनेछ।
_x000D_
_x000D_
उक्त दिन दिउँसो ३ बजे एकै समयमा पाँचै सहरमा गीत सार्वजनिक पछि बजारमा छरिएर रहेको डान्सरले अचानक गीतमा नृत्य गर्ने कार्यक्रम रहेको निर्माता अविरल थापाले जनाएका छन्।
_x000D_
_x000D_
काठमाडौं बाहिर स्वयंसेवी डान्सरले नृत्य गरे पनि काठमाडौंको काठमाडौं मलअगाडि भने फिल्मका मुख्य कलाकारहरु स्वस्तिमा खड्का र मुकुन भुसालले नृत्य गर्ने छन्। बजारमा नाचेसँगै युटयुब र मिडियामार्फत एकै समय संसारभर गीत सार्वजनिक हुनेछ।
_x000D_
_x000D_
भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतको लगानीमात्र १८ लाख रहेको निर्माण टिमको दाबी छ।
_x000D_
_x000D_
कविराज गहतराजको कोरियोग्राफ्री रहेको ‘खुद्राखुद्री’ बोलको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका हुन् ।
_x000D_
_x000D_
फिल्म फागुन ३ बाट प्रदर्शनमा अाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।