ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुर्याउन प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताएका छन् ।
विश्व मुटु दिवसका अवसरमा आज आयोजित एक कार्यक्रममा उनले नागरिक स्वस्थ नभएसम्म देशको विकास सम्भव नहुने बताउँदै स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर आफूले काम गरिरहेको बताए ।
उनले बागमती प्रदेशका १३ वटा प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तारका साथै एकीकृत स्वास्थ्य सेवा र पोषण प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको बताए।
पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त लगानी गरी विपन्न वर्गलाई नि:शुल्क सेवा उपलब्ध गराउनुपर्ने बताए।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले रोग लागेपछि उपचार गर्नेभन्दा रोगको रोकथाम र सचेतनामा ध्यान दिनुपर्ने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।