काठमाडौं- नेपाली कांग्रेसको महासमिति बैठकको स्थान तय भएको छ। मंसिर ५ देखि ९ सम्म हुने महासमिति बैठक काठमाडौंको भृकुटीमण्डपमा हुने भएको हो।
_x000D_
_x000D_
कांग्रेस पदाधिकारी र उपत्यकका तीन जिल्ला कार्य समितिको बैठकले स्थान तय गरेको हो। यसअघि केन्द्रीय कार्यसमितिको भाद्र ९ मा बसेको बैठकले महासमिति बैठकको मिति तय गरेको थियो।
_x000D_
_x000D_
यसैगरी कात्तिक १६ गते अायोजना हुने चियापान तथा शुभकामना कार्यक्रम व्यवस्थित बनाउने जिम्मेवारी सो बैठकले काठमाडौं जिल्ला कार्य समितिलाई दिएको छ। साथै कार्यक्रम भव्य बनाउन तीनै जिल्ला कार्य समितिलाई व्यापक परिचालन गर्ने निर्णय पनि गरिएको छ।
_x000D_
_x000D_
महासमितिको बैठक सम्पन्न गर्न उपसमितिहरु गठन गर्ने सन्दर्भमा स्थानीय व्यवस्थापन समितिको अर्को बैठक १२ गते बस्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।