काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अायोजना गरेको चियापान कार्यक्रममा नेकपा नेताहरुसँगै भारतीय कम्युनिस्ट पार्टी (भाकपा) मार्क्सवादीका नेताकाे पनि बाक्लै उपस्थिति छ। रोचक कुरा त के छ भने नेपालकाे सत्तासीन दलको कार्यक्रममा भारतका नेता पनि समान हैसियतमा उपस्थित भएका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
नेकपाका एक जना अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालको बीचमा रहेर भाकपाका महासचिव सीताराम यचुरीले नेपाली नेता सरह नै अागन्तुकलाई स्वागत गरिरहेका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा भएको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।