पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको नयाँ अध्याय सुरु भएको छ। फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक उडान बुधबार साँझ ६ः१८ बजे पोखरा अवतरण गरेको हो।
दुबईबाट १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान १ सय १३ यात्रु लिएर पोखरा आएको हो। विमानस्थलमा पानीको फोहरासहित विमानको स्वागत गरिएको थियो भने यात्रुलाई खादा, माला र उपहारसहित स्वागत गरिएको थियो।
विमान १ सय ५३ यात्रु लिएर साँझ ७ः१५ बजे दुबई फर्किनेछ। फ्लाई दुबईले अब पोखरा–दुबई दैनिक नियमित उडान गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।