काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले कोष्ठ भित्रको नेकपालाई अधिकारिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध अदालत जाने चेतावनी दिएका छन्।
_x000D_
_x000D_
रिपोर्टस क्लबको साक्षात्कार कार्यक्रममा शनिबार अध्यक्ष कट्टेलले निर्वाचन आयोगले जनतालाई भ्रममा पार्ने गरी कोष्ठ भित्रको नेकपालाई वैधानिकता दिएको टिप्पणी गरे। 'सत्ता र शक्तिको आडमा आयोगले गरेको निर्णय न्यायालयले गलत सावित गर्नेछ' उनले विश्वास व्यक्त पारे।
_x000D_
_x000D_
वर्तमान सरकार यथास्थितिवादमा पतन भएको र विर्सजनवादतर्फ उन्मुख भएकाले आफूहरु क्रान्तिकारी शक्तिसंगको एकतामा अघि बढ्ने समेत उनले बताए।
_x000D_
_x000D_
नेपालको कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेकाहरु नै विर्सजनवादको बाटोमा पुगेको भन्दै उनले आफू भने कम्युनिस्ट आन्दोलनलाई जीवित राख्ने बाटोमा अघि बढ्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।