काठमाडौं- फिल्म निर्देशक दिवाकर भट्टराई र दीपिका प्रसार्इंबीच सुटुक्क इन्गेजमेन्ट भएको छ। केही साताअघि नै इन्गेजमेन्ट गरेपनि हालै मात्र उक्त कुरा सार्वजनिक गरेका हुन्। निर्देशक भट्टराई र अभिनेत्री प्रसाईंबीचको प्रेम सम्बन्ध, इन्गेजमेन्ट र बिबाहको चर्चा भने शनिबारबाट मात्र सुरु भएको हो। यस विषयमा स्वयम् भट्टराई र प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमा अंकमाल सहितको तस्बिरका प्रेमोत्तेजक ‘स्टाटस’ अपलोड गरेपछि मात्र उक्त कुरा बाहिरिएको हो।
_x000D_
_x000D_
विगत केही समय पहिलेबाट प्रेम सम्बन्धमा रहेका भएपनि उनीहरूले यसअघि सो कुरा स्वीकार गरेका थिएनन्। समय–समयमा उनीहरूको प्रेम सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासा नकार्दै आएको यो जोडीले शनिबार प्रेम सम्बन्ध र बिबाहकै कुरा आफैं बाहिर ल्याएका हुन्। गत कात्तिकमा प्रर्दशनमा आएको फिल्म ‘एश्वर्य’को छाँयांकनका क्रममा कोर्ट म्यारिज गरेका उनीहरुले दसैंका अवसरमा दुबैतर्फको परिवारको उपस्थितिमा इन्गेजमेन्ट गरेका हुन्। यही वर्ष विबाह बन्धनमा बाँधिने समेत उनीहरुले बताएका छन्।
_x000D_
_x000D_
को हुन् दिवाकर र दीपिका?
_x000D_
सानो पर्दाको टेलिसिरियलमा अभिनय गर्दै फिल्म क्षेत्रमा होमिएका भट्टराई नेपाली फिल्म क्षेत्रका उदीयमान दिर्नेशक रुपमा परिचित छन्। गीत लेखन, गायन तथा संगीत भर्ने काम गर्दै करियर सुरु गरेका भट्टराई केही समयपछि भिडियो सम्पादकका रुपमा अगाडि बढे। यससँगै ठूला पर्दाका फिल्मको सह–निर्देशनमा लागे भट्टराई। केही फिल्म निर्देशकको संगतले उनलाई फिल्म निर्देशकको बन्ने सपना देखाइदियो। त्यसपछि भने उनले हालसम्म ५ वटा फिल्मको निर्देशन गरिसकेका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
_x000D_
_x000D_
उनको निर्देशनमा बनेका फिल्महरु, ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’(एसोसिएट डाइरेक्सन), ‘ऐश्वर्या’ र ‘क्याप्टेन’ हुन्। जसमध्ये फिल्म ‘ऐश्वर्य’ गत कात्तिकमा प्रदर्शनमा आएको थियो भने फिल्म ‘क्याप्टेन’ प्रदर्शनको तयारीमा छ।
_x000D_
_x000D_
दीपिका प्रसाईं भट्टराईको निर्देशनमा निर्माण भएको फिल्म ‘ऐश्वर्य’बाट डेब्यु गरेकी अभिनेत्री हुन्। कैलालीमा जन्मिएकी दीपिका ‘प्लस टू’मा अध्ययनरत हुँदाहुँदै मोडलिङमा लागेकी थिइन्। स्नातक तह अध्ययनकै बेला फिल्म ‘ऐश्वर्य’मा अभिनय गर्न अफर आएपछि भने उनी पूर्ण रुपमा फिल्मी क्षेत्रमा होमिएकी हुन्। ‘ऐश्वर्य’ले सफलता हात पार्यो।
_x000D_
_x000D_

_x000D_
_x000D_
फिल्मको सफलताले नेपाली फिल्मी उद्योगमा उनको सम्भावना बलियो बन्यो। ‘एश्वर्य’ प्रर्दशनमा आएको ६ महिनासम्म कुनै पनि प्रोेजेक्टमा काम नगरेकी दीपिका पुनः ‘छक्का पञ्जा–३’मा काम गर्ने अवसर हात पारिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।