complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पद छोड्न ओलीमाथि बढ्यो दबाब, मार्गप्रशस्त गर्न इश्वर पोखरेलले लेखे पत्र

64x64
नेपाल लाइभ सोमबार, असोज ५, २०८३  १५:२२
1140x725

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी नेतृत्वबाट सम्मानजनक रूपमा विदाइ भएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।

एमाले केन्द्रीय कमिटी बैठक सुरु भएकै दिन पोखरेलले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै पत्र पठाएर पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण र रूपान्तरणको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

पत्नी मिरा पोखरेल (ध्वोंजु) को स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्लीमा रहेका कारण बैठकमा उपस्थित हुन नसकेको जानकारी गराउँदै उनले पत्रमार्फत पार्टीको पछिल्लो अवस्थाबारे धारणा राखेका हुन्।

पोखरेलले पार्टीभित्र विधि र पद्धति कमजोर हुँदै गएको, निर्णय प्रक्रियामा संस्थागत परिपाटी कमजोर बनेको र आलोचनात्मक चेतलाई समेत निरुत्साहित गरिएको बताएका छन्।

उनले पार्टीलाई सामूहिक नेतृत्वमा थप सुदृढ बनाउनुपर्ने भन्दै ‘म रहिनँ भने पार्टी चल्नै सक्दैन’ र ‘म नै सर्वेसर्वा हुँ’ भन्ने मानसिकता त्याग्नुपर्ने उल्लेख गरेका छन्।

‘तपाईंको कार्यकालमा कमजोरीको सिलसिला बढ्दो छ’ पोखरेलले भनेका छन् । ओलीको लामो राजनीतिक तथा सरकार सञ्चालनको कार्यकालको समीक्षा गर्दै नेतृत्व हस्तान्तरणको विषय यसअघि नै उठाएको स्मरण गराएका छन्।

‘प्रिय कमरेड, तपाईं एघार वर्ष हाम्रो पार्टीको अध्यक्ष भइसक्नुभयो, संविधान जारी भएको दस वर्षमा ६ वर्ष प्रधानमन्त्री बन्नुभयो,’ पत्रमा उनले लेखेका छन्, ‘तपाईंको यो कार्यकालमा राम्रा कामहरू पनि भएका छन् साथै कमजोरीहरू पनि देखापर्दै गएका छन्। कमजोरीहरूको सिलसिला बढ्दो छ।’

उनले ओलीको कार्यकालमा देखिएका कमजोरीलाई समयमै रोक्न नसके त्यसको असर ओली, एमाले, नेपालको कम्युनिस्ट आन्दोलन र मुलुकलाई समेत पर्ने उल्लेख गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

पोखरेलले ओलीलाई लक्षित गर्दै लेखेका छन्, ‘यो क्षतिको सिलसिलालाई अब रोक्नुपर्छ–रोकिनुपर्छ। त्यसका लागि तपाईंको सम्मानजनक विदाइ र तपाईंकै योजना र प्रस्तावमा संस्थागत रूपले नयाँ नेतृत्वको चयन ! यो अहिलेको आवश्यकता हो।’

यस्तो छ पत्र :

नेकपा (एमाले) केन्द्रीय कमिटी,

च्यासल, लतिलपुर ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विषय – बैठकमा उपस्थिति हुन असमर्थता सम्वन्धमा ।

५ असोज २०८३

प्रिय कमरेड !

मेरी श्रीमती मिरा पोखरेल (ध्वोंजु) विगत लामै समयदेखि विभिन्न रोगहरूसित हार नमानी जुद्धै आइरहेकी छन् ! फेरि यसैबिच उनलाई क्यान्सरले समेत पीडित बनाएको छ । उनको यस्तो स्थितिमा उपचारलाई प्राथमिकता दिनुपर्ने र यसविचमा म स्वयम्ले त्यस काममा प्राथमिकताका साथ लाग्नुपर्ने आवश्यकता परेको हुँदा केन्द्रीय कमिटीको यो महत्वपूर्ण बैठकमा उपस्थित हुन असमर्थ रहेको औपचारिक रूपमा जानकारी गराउँछु । बैठकमा उपस्थित हुन नसके पनि राष्ट्रिय राजनीति अझ खासगरी पार्टी जीवनसित सम्वन्धित केही विषयमा आफ्ना भनाइहरू संक्षिप्त रूपमा प्रस्तुत गर्न चाहन्छु ।

राष्ट्रिय राजनीतिमा षड्यन्त्रको जगमा सिर्जीत जटील एवं गंभीर समस्या र त्यसले मुलुकमा पार्दै लगेको गंभीर नकारात्मक प्रभाव तथा परिणामहरू सर्वत्र प्रकट हुँदै गएका छन् ! हाम्रो पार्टी जीवन र मुलुकको सम्पूर्ण लोकतान्त्रिक आन्दोलन पनि यसबाट प्रभावित बनिरहेकै छ ! यस स्थितिलाई हामी सबैले ढिलो चाँडो महसुस गर्नेनै छौँ। यस्तो संकटपूर्ण अवस्थामा सम्पूर्ण सम्भव सकारात्मक शक्ति तथा व्यक्तिहरूको बृहद् गोलबन्दी अत्यावश्यक छ भन्ने कुरा नीतिगत रूपमा हामी कसैले पनि अस्वीकार गरेका छैनौं । हाम्रो पार्टी नेकपा (एमाले) ले यही बृहद् राष्ट्रिय आवश्यकतालाई अर्जुनदृष्टि दिंदै आफू भित्रको एकतालाई विगत अरू कुनै पनि बेलाभन्दा पनि ज्यादा ध्यान पुऱ्याउनु पर्ने आवश्यकता छ । यसका लागि पार्टीलाई सामूहिक नेतृत्वमा कमजोर होइन, थप सुदृढ बनाउनु आवश्यक छ । (यस बिच पार्टीभित्र यसमा काफी कमजोरीहरू बढ्दै गएको कुरा आम पार्टी पंक्तिले महसुस गर्दै प्रतिक्रिया समेत व्यक्त हुँदै आएका छन् !) ।

पार्टीभित्र विधि र पद्धति मिचिँदै गएका र निर्णय प्रक्रियामा संस्थागत परिपाटी कमजोर बन्दै गएको कुरा पार्टी पंक्तिले गंभीर रूपले उठाइरहेको छ ।

‘जनताको बहुदलीय जनवाद’को मार्गदर्शनबाट निर्देशित भैरहने अठोट बोकेको हाम्रो पार्टीले आफूभित्र ‘नियन्त्रण र सन्तुलन’ सम्बन्धी नीति, विधि, संरचना र आचरणको विषयलाई कमजोर होइन थप सुदृढ बनाउनैपर्छ । तर दुर्भाग्य ! पार्टी यी विषयमा झन् झन् उदासीन, विचलित र कमजोर बनिरहेको कटु यथार्थ बोध गरिरहनु परेको छ, आम पार्टी पंक्तिले ।

यस्तै, पार्टी निर्णयमा सामूहिक स्वामित्व वा अपनत्वको भावना किन कमजोर बनिरहेको छ वा मर्दैछ ? कतिपयलाई यी विषय सामान्य वा अर्थहीन लाग्न सक्छन् । तर मेरो विचारमा यी विषय एमालेले अपनाएको विचारसित, सिद्धान्तसित, सांगठनिक आचरणसित र कार्यशैलीसित सम्बन्धित हुन् । यी विषयहरूलाई यसै महत्वका साथ हेरिनु र बुझिनुपर्छ । मलाई लाग्छ यिनै कारणले विभिन्न तह र तप्काका श्रमजीवी जनतासितको हाम्रो सम्वन्ध दिन प्रतिदिन कमजोर बन्दै गएको हो । आजको अवस्था भोग्नु परेको एउटा महत्वपूर्ण कारण यसलाई मान्नैपर्छ- यो सत्यलाई स्वीकार गर्नैपर्छ ।

मेरो बुझाइमा पार्टी जीवनको लोकतान्त्रीकरण एमालेप्रति आकर्षणको एउटा महत्वपूर्ण विषय रहेको हो । तर दुःखका साथ भन्नैपर्छ लोकतान्त्रीकरण सम्बन्धी संस्थागत ढंगले स्विकृत मान्यतालाई हामीले आफ्नो ‘पाएक पर्दा’ मात्रै उठाउने विषय वा तात्कालिन सत्ता स्वार्थको विषय बनाउँदै गयौं र त्यसको सारले बोकेको महत्वपूर्ण शक्तिलाई क्षीण बनाउंदै लग्यौं । जसको परिणाम अहिले हामी पार्टी जीवनमा भोगिरहेका छौं र मुलुकले समेत भोग्नु परिरहेको छ ।

अहिले एमालेभित्र चलिरहेको ‘पुनर्गठन-हस्तान्तरण-रूपान्तरण’ सम्बन्धमा अत्यन्त छोटोमा मेरो औपचारिक धारणा राख्न चाहन्छु ! पहिलो कुरा, जे-जे गर्ने हो विधि र प्रकृया मुताविक मात्रै गरौं ! यसलाई पार्टीभित्र कसैको चाहना अनुसार भए पनि, नभए पनि, पालना गरौं ! (पहिले-पहिले पार्टी वा आन्दोलनका हितको नाममा गरिएका वा भएका आत्मकेन्द्रीत भएर गरिएका पार्टी हित विपरितका कतिपय विसङ्गत कुराहरूलाई नकारात्मक प्रसङ्गका रूपमा सम्झना गरौं !) दोस्रो कुरा, यसरी विधि र प्रकृयासङ्गत ढंगले जे-जे निर्णय हुन्छन्, तिनलाई हामी सबैले स्वीकार गरेर जाऔं ! संस्था र आन्दोलनको हितमा यो भन्दा अर्को कुरा हुन सक्तैन । ‘म रहिनँ भने पार्टी चल्नै सक्तैन’, ‘म नै हुँ सर्वेसर्वा’ भन्ने भावना सबैले त्यागौं ! तेस्रो कुरा, पार्टीभित्र अहिले चलिरहेको ‘पुनर्गठन-हस्तान्तरण र रूपान्तरण’ को विषयलाई पनि यसै आधारमा सबै मिलेर पार्टी र आन्दोलनका हीतमा अगाडि बढाऔं ! व्यक्ति केन्द्रीत भएर ‘गर्न चाहने’ वा ‘हो भन्ने’ कुरामा सीमित भएर सोच्नु गलत हो । यो पुनर्गठन भन्नाले समग्रतामा विचारमा, विधिमा, संगठनमा, नेतृत्वमा, कार्यशैली तथा निर्णय प्रकृयामा हो र यसै अनुसार बुझ्नुपर्छ ! यसलाई त पार्टीलाई गतिका साथ अघि बढाउने महत्वपूर्ण अवसर हो भनेर पो बुझ्नुपर्छ नि ! होइन र !? चौथो कुरा, पार्टीभित्र आलोचना/आत्मालोचनाको कुरालाई निरपेक्ष रूपमा अस्वीकार गर्ने कुरा गलत हो ! पार्टीमा आलोचनात्मक चेतलाई अस्वीकार वा निरपेक्ष रूपमा गलत भनेर निन्दा नगरौं ! मैले यो भनिरहँदा निहुँ खोजी खोजी पार्टीलाई वा पार्टी नेतृत्वलाई कमजोर बनाउन चाहने चिन्तन र प्रवृत्तिको पक्षपोषण गर्न खोजेको होइन, बरू पार्टीमा सिर्जनशील ढंगले अघि बढ्ने कुराको पैरबी गर्न खोजेको हो ! मेरो बुझाइ के हो भने- पार्टीमा (हाम्रो जस्तो बिचार बोकेको पार्टीमा) आलोचनात्मक चेत रहेन वा राखिएन भने विचारको खडेरी पर्दै जान्छ (जुन कुराबाट अहिले हामी ग्रसित बनेका छौं । यस सम्बन्धमा सार्वजनिक हुने गरेका तपाईंका सोचसित मेरा स्पष्ट विमती रहेका छन् । यसले पार्टीभित्र विचारको वहसलाई कि निस्तेज पार्यो कि त भने अराजक ढंगले प्रस्तुत हुने स्थिति बन्दै गयो । तपाईंले कहिले सोच्नु भा’को छ- आन्दोलनको यत्रो इतिहास बोकेका, पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएका यति धेरै साथीहरू किन निस्तेज हुँदै (वा बनाइंदै !) गए ? कि समर्थनमा बोल्नुपर्यो, होइन भने बक्र दृष्टिमा पर्नुपर्यो वा कोप भाजन हुनुपर्यो ! यस बिचमा यस्तै भएन र !? फर्केर हेरौं त कमरेड ! पाँचौं कुरा, प्रहारको निशाना साँधुऱ्याउने कि विस्तारित बनाउंदै लैजाने ? यस बिचका हाम्रा आफ्ना बोली-वचन तथा व्यवहारले के कुरा देखाइरहेका छन् ? तपाईं स्वयमबाट यस बिच भएका वा गरिएका कुराहरूलाई मात्र फर्केर हेरौं त कमरेड !

प्रिय कमरेड !

नराम्रो नमान्नु होला ! यतिवेला एघारौं राष्ट्रिय महाधिवेशनको वन्द-सत्रको हलमा मैले आफ्ना भनाइ राख्ने सिलसिलामा भनेको एउटा कुरा राख्न चाहन्छु ‘प्रिय कमरेड, तपाईं एघार वर्ष हाम्रो पार्टीको अध्यक्ष भैसक्नु भो, संविधान जारी भएको दस वर्षमा ६ वर्ष प्रधानमन्त्री बनिसक्नु भो ! तपाईंको यो कार्यकालमा राम्रा कामहरू पनि भएका छन् साथै कमजोरीहरू पनि देखापर्दै गएका छन् ! कमजोरीहरूको सिलसिला बढ्दो छ ! उंधौलीको गति बढ्दो छ । यसलाई रोकिएन भने ठुलो क्षति हुन्छ भन्ने डर लागेको छ ! त्यो क्षति व्यक्तिगत रूपमा तपाईंको क्षति, पार्टीको लागि क्षति, नेपालको कम्युनिष्ट आन्दोलनका लागि क्षति र मुलुककै लागि क्षति हुनेछ ! यो क्षतिको सिलसिलालाई अब रोक्नुपर्छ-रोकिनुपर्छ । त्यसका लागि तपाईंको सम्मानजनक विदाइ र तपाईंकै योजना र प्रस्तावमा संस्थागत रूपले नयां नेतृत्वको चयन ! यो अहिलेको आवश्यकता हो !’

मलाई थाहा छ- त्यसबेला तपाईंलाई मेरो त्यो भनाइ प्रिय लागेन, अझ रिस पनि उठेकै हुनुपर्छ ! अब पनि सोचौं कमरेड ! भदौ २३/२४ पछि लगत्तै तरिका पुऱ्याएर त्यो काम गर्न सकेको भए सबैभन्दा राम्रो हुने थियो । किन सकिएन यहाँ भनिरहनै परेन । एघारौं राष्ट्रिय महाधिवेशनको राष्ट्रिय मञ्च अर्को उपयुक्त अवसर थियो । त्यसमा पनि हामी यो तर्क/त्यो तर्क गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा रहेनौं । परिस्थिति झन् झन् प्रतिकूल बन्दै नै गयो, तर हामीले त्यसलाई स्वीकारेनौं । त्यसपछि फागुन २१ को आम निर्वाचन र त्यसको परिणामले त हामी सामु गंभीर धक्कासहितको निष्कर्ष दिइसकेको थियो ! हामी यसलाई पनि स्वीकार गर्न तत्पर रहेनौं। यी सबै हाम्रा लागि धक्का मात्र थिएनन्, नयाँ प्रारम्भ गर्ने चुनौतीपूर्ण अवसर पनि थिए ! तर दुर्भाग्य ! हामीले स्वीकार गर्न सकेनौं । (खासमा तपाईंले स्वीकार्नु भएन)। र, आज तपाईं के सोचिरहनु भएको छ कुन्नि ! हामी अझै भूईमा पछारिंदै छौं । कमरेड, विगतमा जे भो, भो ! यतिबेला तपाईंको सम्मान साथ विदाइ र विधिसम्मत नयाँ नेतृत्वमा जानु भन्दा अर्को आशा जगाउने विकल्प छैन र हुनै सक्तैन ! र, यो कामका लागि तपाईं स्वयम्‌को सकारात्मक भूमिका अहिलेको आवश्यकता हो ।

फेरि अन्त्यमा भन्न चाहन्छु- पुनर्गठन विचारलाई थप व्यवस्थित गरेर पुनर्गठन हो, वैधानिक व्यवस्थाका कतिपय कुरालाई अद्यावधिक गर्न पुर्नगठन हो, संगठनात्मक संरचनाहरूलाई पुनर्व्यवस्थित गर्न पुर्नगठन हो, नेतृत्वमा आवश्यक परिवर्तन गर्न पुनर्गठन हो तथा कार्यसम्पादन शैलीमा परिवर्तन गर्न पुर्नगठन हो । त्यसकारण आजको जटिलतर बन्दै गएको अवस्थामा पुनर्गठन नगरी आम पार्टी पंक्ति र आम जनतामा समेत आशा जगाउन सकिन्न, अगाडि बढ्न सकिन्न ! यसका लागि देशभरिका आम कार्यकर्ताहरूको चाहना र माग बमोजिम तपाईंको सम्मानजनक मार्ग प्रसस्त विशेष महत्वपूर्ण हुनेछ ।

आदरणीय कमरेड ! यो पत्रमा मैले जे देखें, बुझें र आन्दोलनमा निरन्तर लाग्दा जे-जे भोगें र जे अनुभव गरें- त्यस आधारमा, मेरो विश्वास र मान्यताका आधारमा लेखेको हुँ । अहिले मैले झेल्दै गरेको पारिवारिक समस्याका बारेमा थप केही भन्न चाहिनँ ! पार्टीमा लागेर पनि जीवनलाई एक्लाएक्लै बुझ्नुपर्दैछ ! हवस् त केन्द्रीय कमिटीको बैठकको सार्थकता र सफलताका लागि शुभकामना !

अभिवादन सहित !

ईश्वर पोखरेल

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  १५:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग अफ्रिकामा रहेका नेपाली समुदाय, नेपालका शुभचिन्तक तथा विभिन्न व्यावसायिक प्रतिष्ठानबाट उक्त सहयोग जुटाइएको हो। नगद सहयोगबाहेक ३५ लाख... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित स्प... बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पे... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्