complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भोटेकोशीमा बेपत्ताको मृत्यु प्रमाणपत्रदेखि यूएन महासभासम्म : रास्वपाका यस्ता छन् निर्णय

64x64
नेपाल लाइभ आइतबार, असोज ४, २०८३  १७:५७
1140x725

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाको तत्काल डीएनए परीक्षण गर्न र लामो समयदेखि बेपत्ता भई जीवित हुने आशा नरहेका व्यक्तिका परिवारलाई कानुनी प्रक्रिया पूरा गरी मृत्यु प्रमाणपत्र उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको सचिवालय बैठकले भोटेकोशी विपद्को व्यवस्थापन, पीडितलाई राहत तथा पुनःस्थापना, पार्टीको सांगठनिक गतिविधि र विभिन्न विभागमा जिम्मेवारी बाँडफाँटलगायतका विषयमा निर्णय गरेको हो।

बैठकमा सरकारमा सहभागी पार्टीका पदाधिकारी तथा सदस्यहरूले भोटेकोशी विपद्पछिको खोजी, उद्धार, राहत वितरण, पुनःस्थापना तथा पुनर्निर्माणका कामबारे पार्टीलाई जानकारी गराएका थिए।

बैठकले बाढीमा परी मृत्यु भएका तर शव पहिचान हुन नसकेका व्यक्तिको डीएनए परीक्षण तत्काल अघि बढाउनुपर्नेमा जोड दिएको छ। त्यस्तै, लामो समयदेखि बेपत्ता रहेका र परिवारले जीवित हुने आशा मारिसकेका व्यक्तिको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुंग्याउन सरकारलाई आग्रह गर्ने निर्णय भएको छ।

रास्वपाले मृत्यु प्रमाणपत्रको कानुनी प्रक्रिया टुंगिएपछि पीडित परिवारले पाउने राहत तथा अन्य सरकारी सुविधाबाट उनीहरूलाई वञ्चित हुन नदिनेतर्फ समेत ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ।

राष्ट्रसंघीय महासभामा भोटेकोशीको विषय उठाउन निर्देशन

बैठकले संयुक्त राष्ट्रसंघीय महासभामा नेपालका तर्फबाट सहभागिता जनाउन जाने प्रधानमन्त्री बालेन्द्र शाह, परराष्ट्रमन्त्री शिशिर खनाललगायतको कार्यदललाई विभिन्न विषयमा नेपालको धारणा स्पष्ट रूपमा राख्न निर्देशन दिएको छ।

रास्वपाका अनुसार कार्यदललाई भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्षलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन भनिएको छ। साथै बदलिँदो राजनीतिक परिस्थिति, नेपालको समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा समेत सम्बोधन केन्द्रित गर्न निर्देशन दिइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

भोटेकोशी विपद्लाई नेपालभित्रको विपद्का रूपमा मात्र नभई त्यससँग जोडिएका विभिन्न बहुआयामिक विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नुपर्नेमा बैठकले जोड दिएको छ।

मधेशको संगठनबारे प्रारम्भिक प्रतिवेदन

सचिवालय बैठकमा मधेश प्रदेशमा पार्टीको सांगठनिक अवस्था तथा कार्यसम्पादन अडिटका विषयमा पार्टीका संयोजक तथा सहमहामन्त्री हरि ढकालले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

प्रतिवेदनमा मधेश प्रदेशमा पार्टीको सांगठनिक अवस्था र कार्यसम्पादनको समीक्षा गरिएको र आगामी दिनमा संगठनलाई प्रभावकारी बनाउने विषयमा अध्ययन भइरहेको रास्वपाले जनाएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अनुशासन आयोगदेखि विभिन्न विभागमा जिम्मेवारी

बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिने निर्णयसमेत गरेको छ। आयोगको सदस्यमा अधिवक्ता हरिचन्द्र भट्टराई, सुशीला सिंखडा, रामचन्द्र कार्की, शान्ता थापा, नन्दन तिमिल्सिना, रोहन बोहजू, भविन्द्र राई, सन्तोष आचार्य, सन्तो बिसुङ्खे र श्वेता कुमारीलाई नियुक्त गरिएको छ।

त्यस्तै, ज्ञानेन्द्र मल्ललाई युवा, खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखमा मनोनयन गरिएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मतजंग कार्की नियुक्त भएका छन्।

सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ।

विराजभक्त र सुरेन्द्रले लिए शपथ

बैठकका क्रममा नवमनोनित सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र सहप्रवक्ता सुरेन्द्र चौधरीले पार्टी सभापति रवि लामिछानेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

दुवै जनाले पार्टीले दिएको जिम्मेवारीअनुसार पद तथा गोपनीयताको शपथ लिएको रास्वपाले जनाएको छ।

स्थगित सबै पार्टी गतिविधि पुनःसञ्चालन

भोटेकोशी विपद्का कारण राष्ट्रिय शोक र राहत तथा उद्धारका काममा केन्द्रित हुन पार्टीका सम्पूर्ण आधिकारिक गतिविधि स्थगित गरिएका थिए। सचिवालय बैठकले अब ती गतिविधि पुनःसञ्चालन गर्ने निर्णय गरेको छ।

यसअन्तर्गत ‘हामी गुनासो सुन्छौं’ अभियान, ‘नागरिक नीति र नेतृत्व’ अभियान, स्थानीय तहका उम्मेदवार छनोट प्रक्रिया लगायत सांगठनिक तथा जनसम्पर्कका कार्यक्रम अघि बढाइने भएका छन्।

विपद्का कारण रोकिएका पार्टीका नियमित गतिविधिलाई अवस्था सामान्य बन्दै गएसँगै पुनः गति दिने निर्णय बैठकले गरेको हो।

वाग्लेको भारत भ्रमणबारे ब्रिफिङ

बैठकमा अर्थमन्त्री तथा पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेको भारत भ्रमणबारे समेत ब्रिफिङ गरिएको छ।

वाग्लेले आफ्नो भर्खरै सम्पन्न भारत भ्रमणका क्रममा भएका भेटवार्ता तथा आर्थिक कूटनीतिसँग सम्बन्धित विषयमा पार्टी सचिवालयलाई जानकारी गराएको रास्वपाले जनाएको छ।

यसरी आइतबारको सचिवालय बैठकले एकातर्फ भोटेकोशी विपद्पछिको राहत, पुनःस्थापना र पीडित परिवारका कानुनी तथा राहतसम्बन्धी विषयलाई प्राथमिकतामा राखेको छ भने अर्कोतर्फ पार्टीका स्थगित सांगठनिक गतिविधि पुनःसञ्चालन गर्ने निर्णय गरेको छ। साथै पार्टीको संगठनात्मक संरचनालाई थप सक्रिय बनाउन विभिन्न आयोग तथा विभागमा जिम्मेवारीसमेत बाँडफाँड गरिएको छ।

rsp-byagpti-3-1789906305.jpeg

rsp-byagpti-1789906306.jpeg

rsp-byagpti-2-1789906305.jpeg

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  १७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि...
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग अफ्रिकामा रहेका नेपाली समुदाय, नेपालका शुभचिन्तक तथा विभिन्न व्यावसायिक प्रतिष्ठानबाट उक्त सहयोग जुटाइएको हो। नगद सहयोगबाहेक ३५ लाख... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित स्प... बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पे... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्