काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
आइतबार पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।
यसअघि आजै बसेको 'एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल'को बैठकले तीन वटा प्रतिवेदनलाई मिलाएर एउटै साझा प्रतिवेदन बनाई सचिवालयमा पठाउने निर्णय गरेको थियो । प्रतिवेदनबारे सचिवालयले आवश्यक छलफल र निर्णय गर्ने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।