काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिएका छन् ।
आइतबार भएको रुपन्देही जिल्ला अन्तर्गतको बुटवल उपमहानगरपालिका १८ को वडा अधिवेशनबाट खाँण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिएका हुन् ।
वडा अधिवेशनले चिरञ्जीवी ढकालको सभापतित्वमा १५ सदस्यीय कार्यसमिति पनि निर्विरोध चयन गरेको निर्वाचन अधिकृत विक्रम खड्काले जानकारी दिए ।
त्यस्तै, क्षेत्रीय प्रतिनिधिमा चयन हुनेहरूमा विमलप्रसाद ढकाल, प्रतिमा खनाल, हरिप्रसाद सुवेदीसहित २३ जना छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।