काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको बैठक आइतबार बस्ने भएको छ। पार्टीका सभापति रवि लामिछानेले सचिवालय बैठक बोलाएका हुन्।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बिहान ११ बजे बस्नेछ।
बैठकमा समसामयिक विषयमा छलफल हुने उनले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।