काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारविरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर नयाँ आन्दोलनको तयारी भइरहेको बताएका छन्।
नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले सरकारबाट दमन र ज्यादती भइरहेको आरोप लगाउँदै त्यसविरुद्ध आन्दोलन आवश्यक रहेको बताएका हुन्।
उनका अनुसार आन्दोलनको तयारीका लागि विभिन्न राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजसँग निरन्तर छलफल भइरहेको छ।
‘बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। हामी त्यसको पनि तयारीमा छौं,’ प्रचण्डले भने।
उनले चाडपर्वपछि देशको परिस्थितिको समीक्षा गर्दै नयाँ आन्दोलन अघि बढाउनुपर्ने बताए। त्यसका लागि नेता तथा कार्यकर्तालाई समेत तयारीमा जुट्न आग्रह गरेका छन्।
प्रचण्डले प्रतिक्रान्तिलाई परास्त गर्दै क्रान्तिलाई नयाँ उचाइमा पुर्याउने संकल्प गर्नुपर्ने पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।