काठमाडौं –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष प्रेमकुमार राईले वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्।
आयोगले आफ्नो वार्षिक प्रतिवेदनमार्फत आर्थिक वर्ष २०८२/०८३ मा आयोगबाट सम्पादन गरिएका काम, अनुसन्धान तथा भ्रष्टाचार नियन्त्रणका लागि गरिएका गतिविधिबारे जानकारी प्रस्तुत गरेको छ।
नेपालको संविधान तथा प्रचलित कानुनी व्यवस्थाअनुसार अख्तियारले प्रत्येक आर्थिक वर्षमा आफूले सम्पादन गरेका कामकारबाही समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने व्यवस्था छ।
प्रतिवेदनमा भ्रष्टाचार तथा अनियमिततासम्बन्धी उजुरीमाथि भएका अनुसन्धान, मुद्दा दायर, भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका लागि आयोगले गरेका गतिविधिलगायतका विषय समेटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।