काठमाडौं– ताप्लेजुङसहित २४ जिल्लाका साना नदी तथा खोलामा बिहीबार बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, धादिङ, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र अछाम तथा आसपासका जिल्लाबाट बहने स–साना नदीको बहाव बढ्ने सम्भावना छ।
बहाव बढेसँगै ती नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले आसपासका क्षेत्रमा सतर्कता अपनाउन आवश्यक रहेको प्राधिकरणले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।